काठमाडौंः भक्तपुरमा एक भारतीय युवकको हत्या भएको छ ।
भारतको उत्तर प्रदेश घर भइ लामो समयदेखि भक्तपुर नगरपालिका कालोपाटी नजिक बस्दै आएका ३५ वर्षीय भारतीय नागरिक सहिद हुसेनको हत्या भएको हो । हुसेनको शनिवार राति नै हत्या भएको हुन सक्ने प्रहरीले जानाएको छ ।
हुसेनको अनुहारमा इँटा तथा ढुङ्गा प्रहार गरेर हत्या गरेको देखिएको । घटनास्थल केही सुनसान भएकाले राति हत्या गरी खोल्सोमा फालेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको अनुसन्धानको क्रममा केही मानिसलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारादेवी थापाले बताइन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया