बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

क्यामरुनको एक विद्यालयमा आक्रमण, आठ बालबालिकाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः क्यामरुनको एक विद्यालयमा भएको आक्रमणमा आठ बालबालिकाको मृत्यु भएको छ । क्यामरुनको दक्षिण पश्‍चिम सहरमा आक्रमणकारीहरुले गरेको हमलामा परेर आठ बालबालिकाको मृत्यु भएको र दर्जनौं घाइते भएको संयुक्त राष्ट्र संघले जनाएको छ ।

कुम्बा सहरमा रहेको मदर फ्रान्सिका इन्टरनेशनल बाइलिंगुअल एकेडेमीका मोटरसाइकलमा सवार सिभिल पोसाकमा आएका बन्दुकधारीले शनिबार मध्य दिउँसो आक्रमण गरेका हुन् ।

हालसम्म उक्त आक्रमणको जिम्मा कसैले पनि लिएका छैनन् । संयुक्त राष्ट्रसंघले यही महिनाको सुरुवातमा खुलेका विद्यालयमा भएको यो आक्रमण घोर अत्याचार भएको जनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानवियता मामिला संयोजन कार्यालयले ट्विट गर्दै भनेको छ, ‘कम्तिमा पनि आठ बालबालिको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी घाइते भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया