श्रावण २४, २०८३ आइतबार August 9, 2026

हङकङ्ग नेपालसँग ४ विकेटले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः टि–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ ।

ओमानको अल अम्रेट क्रिकेट मैदानमा जारी पाँच राष्ट्र सहभागि भएको खेलमा हङकङले नेपाललाई १ सय २६ रनको सामान्य लक्ष्य दिएको थियो । नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिला व्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २५ रन बनाएको थियो ।

हङकङका लागि वाकस बार्कटले ३७,  किन्चित शाहले ३१, निजाकत खानले २३ र एहसान अब्बासीले १३ बनाएका थिए । नेपालका लागि करण केसीले सर्वाधिक चार र अविनाश बोहोराले एक विकेट लिएका थिए । १ सय २६ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रेको नेपालले १९ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । नेपालका लागि विनोद भण्डारीले अर्ध शतक पुरा गरेका थिए ।

४८ बलको सामना गरेका उनले चार चौका र तीन छक्काको मद्दतमा ५८ रन बनाए । आरिफ शेखले २१, सोमपाल कामीले १३ र पवन सरार्फले १० रन जोडेका थिए । हङकङका नसरुल्ला राना र क्याल क्रिष्टिाइले दुई दुई विकेट लिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बिहिवार बोलायो राखेपले बोर्ड बैठक, छलफलमा एन्फा निलम्बन पनि
२०८३ श्रावण २४, आइतबार
तेहरानका सबै सर्त नमानेसम्म हर्मुज पुनः नखोल्ने रिभोलुसनरी गार्डस्को चेतावनी
२०८३ श्रावण २४, आइतबार
एमाले पुनर्गठनमा ओली–पोखरेल टकराव, ५६ पृष्ठको प्रतिवेदनमाथि विवाद
२०८३ श्रावण २४, आइतबार
बुबाको निधनपछि मेस्सी अनुपस्थित, इन्टर मियामी मोन्टेरेसँग २–१ ले पराजित
२०८३ श्रावण २४, आइतबार
सुशासनका लागि राजनीतिक नेतृत्वमा जवाफदेहिता आवश्यक : सांसद ढकाल
२०८३ श्रावण २४, आइतबार
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
२०८३ श्रावण २४, आइतबार
माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै
२०८३ श्रावण २४, आइतबार