असार २८, २०८२ शनिबार July 12, 2025

हङकङ्ग नेपालसँग ४ विकेटले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः टि–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ ।

ओमानको अल अम्रेट क्रिकेट मैदानमा जारी पाँच राष्ट्र सहभागि भएको खेलमा हङकङले नेपाललाई १ सय २६ रनको सामान्य लक्ष्य दिएको थियो । नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिला व्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय २५ रन बनाएको थियो ।

हङकङका लागि वाकस बार्कटले ३७,  किन्चित शाहले ३१, निजाकत खानले २३ र एहसान अब्बासीले १३ बनाएका थिए । नेपालका लागि करण केसीले सर्वाधिक चार र अविनाश बोहोराले एक विकेट लिएका थिए । १ सय २६ रनको लक्ष्य पछ्याउँदै जवाफी व्याटिङमा उत्रेको नेपालले १९ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । नेपालका लागि विनोद भण्डारीले अर्ध शतक पुरा गरेका थिए ।

४८ बलको सामना गरेका उनले चार चौका र तीन छक्काको मद्दतमा ५८ रन बनाए । आरिफ शेखले २१, सोमपाल कामीले १३ र पवन सरार्फले १० रन जोडेका थिए । हङकङका नसरुल्ला राना र क्याल क्रिष्टिाइले दुई दुई विकेट लिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार