असार ९, २०८३ मंगलबार June 23, 2026

फेसबुकले ल्यायो नयाँ सफ्टवेयरः सय भाषामा अनुवाद गर्न सक्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सोसल मिडिया प्लेटफर्म फेसबुकले एक सय वटा भाषालाई अनुवाद गर्न सक्ने नयाँ सफ्टवेयर लञ्च गरेको छ । फेसबुकले एम टू एम हन्ड्रेड नामक यो ट्रान्सलेसशन सफ्टवेयर लञ्च गरेको हो ।

मेसिन लर्निङमा आधारित उक्त सफ्टवेयर फेसबुकका करिब दुई अर्बभन्दा बढी प्रयोगकर्ता लाभान्वित हुने फेसबुकले बताएको छ ।

यो एक सय भाषाको अङ्ग्रेजी अनुवाद गर्न सक्ने यो विश्वकै पहिलो सफ्टवेयर भएको फेसबुकको दावी छ ।

यो सफ्टवेयर निर्माणमा अनुसन्धान सहायक एन्जेला फनले आफ्नो ब्लगमा सफ्टवेयरको लागि फेसबुक रिसर्च टीमले वषौंदेखि काम गरेको उल्लेख गरेकी छन् । अब फेसबुकले हरेक दिन २० अर्बभन्दा बढी अनुवाद गर्न सक्ने उनको दावी छ।

यसले सामाजिक सञ्जालमा रहेका १०० भन्दा बढी भाषामा रहेको सामग्रीलाई अनुवाद गर्न सक्ने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया