काठमाडौँ, असार ९ गते ।जनता समाजवादी पार्टी, नेपालका सांसद महन्थ ठाकुरले वर्तमान सरकारले मुलुकको स्वतन्त्रतामाथि नै असर पार्ने खालको गतिविधि गरिरहेको आरोप लगाउनुभएको छ ।
मङ्गलबार सङ्घीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।सरकारले वाह्य मुलुकको हित हुने खालको काम गरिरहेकाले उनीहरू खुसी भएको पनि सांसद ठाकुरको ठहर छ ।
उहाँले सरकारले नेपाली जनताको नभई अन्य मुलुकको हित हुनेगरी काम गरिरहेको पनि बताउनुभयो । सरकारको प्राथमिकतामा देश र जनता नरहेको सांसद ठाकुरको बुझाइ छ ।
उहाँले राज्य जनताको हितमा नभई बाह्य प्रभावमा चलेको आरोप लगाउँदै सरकार नागरिकको अपेक्षा र हितअनुसार काम गर्न नसकेको टिप्पणी गर्नुभयो। सांसद ठाकुरले सरकारको कारण मुलुक बाह्य मुलुकको कब्जामा गएको पनि बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया