कार्तिक १, २०८३ आइतबार October 18, 2026

आज आईतबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल

कुम्भलाई आज लाभ स्थानमा गोचर गर्ने चन्द्रमाले औषधीजन्य तथा उपभोग्य लगानी गरी मनग्गे नाफा कमाउन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) यात्रा, खानपान तथा मनोरञ्जनमा समय खर्च हुनेछ । छोटो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । सानो सानो लगानी गर्दा पनि व्यापार व्यवसाय फस्टाएर जानेछ भने दैनिक उपभोग्य र औषधीजन्य सामानको कारोबारमा वृद्धि हुनेछ । प्रेमको डोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । पारिवारिक मिलनले मन प्रसन्न हुनेछ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नसोचेको धन तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ । माया प्रेममा नजिक हुन सकिने तथा आफन्तबाट सहयोग हुनेछ लामो दुरीको यात्राको तय हुनेछ । उपभोग्य बस्तु तथा औषधीजन्य सामानको व्यापारमा बढोत्तरीको योग रहेको छ । तर पनि सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सामाग्री तथा उपभोग्य वस्तुको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरू प्राप्तिको गतिलो योग रहेको छ । लामो समयदेखि भेट नभएका मित्रहरूसँग भेट हुनेछ भने माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ भने रमाइलो यात्राको तय हुनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।कर्कट

(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । उपभोग्य वस्तु तथा औषधीजन्य सामानको व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवश्यकता पूरा गर्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । तपाईंको खुट्टा तान्ने तथा कुरा काट्नेहरू तपाईँकै प्रशंसा गर्दै हिँड्नेछन् । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) काममा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरूको सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ भने प्रेममा सामिप्यता बढेर जानेछ । सन्तान, छोराछोरी तथा आफन्तसँग रमाइलो यात्राको तय गर्न सकिनेछ । व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिने समय रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । आमा वा आमा सरहका मानससँग टाढिएर देश परदेशको यात्रा गर्दा मन विचलित हुनेछ । तर पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पुराना समस्या हरूलाई केही समय दिएर सकाउन सकिनेछ । उपभोग्य वस्तु तथा औषधीजन्य सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफ्ना समस्याहरू परिवार तथा आफन्तले बुझ्ने हुँदा काम गर्न सहज हुनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलीको प्रभाव बढ्ने हुँदा महत्त्वपूर्ण निर्णयहरू गर्न सकिनेछ । माया प्रेममा विश्वास बढ्नेछ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । उपभोग्य सामान तथा औषधीजन्य सामानको व्यापार फस्टाएर जाने हुनाले थप लगानीको वातावरण बन्नेछ । पारिवारिक मिलन तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफूसँग भएका स्रोत साधनहरूलाई सही रूपमा परिचालन गरी आम्दानी बढाउन सकिनेछ । कुनै पनि विषयमा समयमा निर्णय लिन सक्दा मान सम्मानमा वृद्धि भएर जानेछ । प्रेममा आत्मीयताको भाव झल्कनेछ भने साथीभाइ हरूसँगै रहेर मिठो खाना खाने तथा रमाइले गर्ने अवसर जुर्नेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ । तर पनि यात्रा, खानपान, मनोरञ्जन तथा पारिवारिक मिलनमा समय व्यतीत हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लाभ स्थानमा गोचर गर्ने चन्द्रमाले औषधीजन्य तथा उपभोग्य लगानी गरी मनग्गे नाफा कमाउन सकिनेछ भने प्राकृतिक स्रोत साधन प्रयोग गर्न पाइने योग रहेको छ । पैतृक धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ । प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै आफ्नै पोल्टोमा नतिजा ल्याउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सम्मानित काम सम्पादन गर्न सकिनेछ । उपभोग्य वस्तु तथा औषधीजन्य सामानको व्यापारबाट सोचेभन्दा बढी नै आम्दानी हुनाले नयाँ क्षेत्रमा लगानी गर्न जाँगर आउनेछ । अध्ययन तथा अध्यापनमा सहकर्मीको साथले नयाँ कुराको खोज तथा अनुसन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित वर्षा, तराईमा कुहिरोको सम्भावना
२०८३ कार्तिक १, आइतबार
चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
२०८३ कार्तिक १, आइतबार
चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको आग्रह
२०८३ कार्तिक १, आइतबार
करदाता प्रोत्साहन उपहार कार्यक्रमका १७ विजेता आज घोषणा हुँदै
२०८३ कार्तिक १, आइतबार
कञ्चनपुरमा दुई मोटरसाइकल ठोक्किँदा तीन जना घाइते
२०८३ कार्तिक १, आइतबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ कार्तिक १, आइतबार
नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै
२०८३ कार्तिक १, आइतबार