भाद्र २, २०८३ मंगलबार August 18, 2026

आयरल्याण्डसँग भएको टेष्ट म्याचमा नेपाल पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पाँच देशीय टी–ट्वान्टी टेष्ट खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ । बुधबार भएको तेस्रो खेलमा नेपाल आयरल्याण्डसंग १३ रनले पराजित भएको हो । १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छँदै १ सय ३२ रनमा समेटिन पुग्यो ।

सुरुमा ब्याट्सम्यानले राम्रो गरेको भएपनि आरिफ शेखले २६ रन बनाएको ईनिङ्समा ओपनरद्वय पारस खड्काले २५ र ईशान पाण्डेले २२ रन बनाएका थिए ।

त्यस्तै पारस खड्काले २५ रन र दिपेन्द्र सिंह ऐरीले १९ रन बनाए । तर मध्य र तल्लो क्रमका ब्याट्सम्यानले दोहोरो अंकको स्कोर समेत छुन नसकेपछि नेपाल पुन आयरल्याण्डसँग हार्न पुगेको हो ।

आयरल्याण्डका जर्ज डोकरेलले सर्वाधिक ३ विकेट लिएका थिए । यसैगरी आयरल्याण्डका लागि ओपनर पाउल स्टर्लिङले सर्वाधिक ५९ रन बनाएका थिए ।  यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

नेपाललाई हराएपश्चात आयरल्याण्ड खेल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले चार खेलबाट ६ अंक जोडेको छ । नेपाल २ खेलबाट ४ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार