जेठ ७, २०८२ बुधबार May 21, 2025

आयरल्याण्डसँग भएको टेष्ट म्याचमा नेपाल पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः पाँच देशीय टी–ट्वान्टी टेष्ट खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ । बुधबार भएको तेस्रो खेलमा नेपाल आयरल्याण्डसंग १३ रनले पराजित भएको हो । १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छँदै १ सय ३२ रनमा समेटिन पुग्यो ।

सुरुमा ब्याट्सम्यानले राम्रो गरेको भएपनि आरिफ शेखले २६ रन बनाएको ईनिङ्समा ओपनरद्वय पारस खड्काले २५ र ईशान पाण्डेले २२ रन बनाएका थिए ।

त्यस्तै पारस खड्काले २५ रन र दिपेन्द्र सिंह ऐरीले १९ रन बनाए । तर मध्य र तल्लो क्रमका ब्याट्सम्यानले दोहोरो अंकको स्कोर समेत छुन नसकेपछि नेपाल पुन आयरल्याण्डसँग हार्न पुगेको हो ।

आयरल्याण्डका जर्ज डोकरेलले सर्वाधिक ३ विकेट लिएका थिए । यसैगरी आयरल्याण्डका लागि ओपनर पाउल स्टर्लिङले सर्वाधिक ५९ रन बनाएका थिए ।  यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

नेपाललाई हराएपश्चात आयरल्याण्ड खेल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले चार खेलबाट ६ अंक जोडेको छ । नेपाल २ खेलबाट ४ अंक सहित तालिकाको तेस्रो स्थानमा यथावत छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षासँगै भैपरी आउने हरेक समस्यासँग जुध्न नेपाली सेना सक्षम छ’ : रक्षामन्त्री राई
२०८२ जेठ ७, बुधबार
दुध शुद्ध छ कि अशुद्ध छ ? भन्ने जान्न यो घरेलु तरिका अपनाउनु होस्
२०८२ जेठ ७, बुधबार
भोजपुरका दुर्गम भेगमा निःशुल्क स्वास्थ्य शिविर
२०८२ जेठ ७, बुधबार
४८ घन्टामा राहात नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छः राष्ट्र संघ
२०८२ जेठ ७, बुधबार
एउटा ‘शो’ का लागि ५४, ७१४ करोड भन्दा बढी लगानी, हुने भयाे विश्वकै महंगो शो
२०८२ जेठ ७, बुधबार
अक्षयले मागे हेराफेरी : ३ को छाडेको भन्दै परेश रावलमाथी २५ करोड जरिवाना
२०८२ जेठ ७, बुधबार
बागलुङमा आन्तरिक पर्यटकको आगमन वृद्धि
२०८२ जेठ ७, बुधबार