बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

भारत-चीन सीमा विवादमा हस्तक्षेप नगर्न अमेरीकालाई चीनको चेतावनी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारत भ्रमणको क्रममा अमेरिकी विदेशमन्त्री माइक पम्पियोले दिएको अभिव्यक्तिप्रति चीनले कडा शब्दमा आलोचना गरेको छ ।

दिल्लीस्थित चिनियाँ दूतावासले एक विज्ञप्ति प्रकाशित गर्दै भारत र चीनको बिचको सीमा सम्बन्धी विषयमा हस्तक्षेप नगर्न चेतावनी दिएको छ ।

भारतका विदेशमन्त्री एस जयशंकर र रक्षामन्त्री राजनाथ सिंहसँगको भेटघाटपछि अमेरिकी विदेशमन्त्री पम्पियोले, चीनले प्रजातन्त्र, कानुनी शासन र पारदर्शीतालाई नमानेको अभिव्यक्ति दिएका थिए ।

दिल्लीस्थित चिनियाँ दूतावासले भनेको छ, ‘अमेरिकी अधिकारीहरुले बारम्बार झुटो बोलिरहेका छन् र चीनविरुद्ध आक्रमण र विभिन्न आरोप लगाइरहेका छन् । यो कूटनीतिको आधारभूत सिद्धान्तको बर्खिलाफ हो ।’

दूतावासले भारत र चीन बिचको सीमा विवाद दुईपक्षीय भएको र यसलाई समाधान गर्नका लागि बारम्बार वार्ता भइरहेको समेत उल्लेख गरेको छ ।

दूतावासले अगाडि भनेको छ, ‘भारत र चीनसँग असहमतिहरुलाई ठीक ढंगले समाधान गर्ने ज्ञान र क्षमता छ । तेस्रो पक्षलाई हस्तक्षेप गर्ने कुनै ठाउँ छैन ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख १८, शुक्रबार
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाँइको राशिफल ? हेर्नुहोस्
२०८३ बैसाख १८, शुक्रबार
अमेरिकी विशेष दूत सेर्गियो गोर काठमाडौंमा
२०८३ बैसाख १७, बिहिबार
पेट्रोलको मूल्य घट्यो, ग्यासको मूल्य १५० रुपियाँले बृद्धि
२०८३ बैसाख १७, बिहिबार
कांग्रेस नेता कोइरालाद्वारा बागमती प्रदेशका नेतासँग छलफल
२०८३ बैसाख १७, बिहिबार
बुद्धको मार्गले दिगो शान्ति र समृद्धिको आधार बनाउँछ : राष्ट्रपति
२०८३ बैसाख १७, बिहिबार