श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

मुख्यमन्त्री शाहीले चालु अधिवेशन अन्त्यका लागि प्रदेशअध्यक्षसमक्ष गरे सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेका छन् । उनले प्रदेशका अध्यक्षसमक्ष सो सिफारिस गरेका हुन् ।

नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ६ जना सांसदसँग मिलेर अविश्वासको प्रस्ताव संसदमै दर्ता गर्ने तयारी थालेपछि मुख्यमन्त्री शाहीले चालु अधिवेशन अन्त्यका लागि सो सिफारिस गर्ने तयारी गरेका हुन् ।

यही कार्तिक ८ गते बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले चालु बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको स्रोतले बताएको छ । गत असोज २५ मा मुख्यमन्त्री शाहीविरुद्ध नेकपाकै १८ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । सो प्रस्तावले केन्द्रसम्म हलचल मच्चाएको थियो ।

प्रदेशका नेताहरुलाई केन्द्रमा बोलाएपनि विवाद साम्य हुन सकेको थिएन । त्यसपछि सो विवाद कर्णालीमै फर्किएको थियो । गत कात्तिक ७ गते शाहीविरुद्धको अविश्वास बहुमतका साथ अस्वीकृत भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुदूरपश्चिमका मुख्यमन्त्री र एमालेका चार मन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार
जेन–जी आन्दोलनका घाइते तथा सहिद परिवारसँगको सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन
२०८३ श्रावण २९, शुक्रबार
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो: सभामुख अर्याल
२०८३ श्रावण २९, शुक्रबार
दूरसञ्चार सेवाको गुणस्तर सुधार र दुर्गममा पहुँच विस्तार गर्न सञ्चारमन्त्रीको कडा निर्देशन
२०८३ श्रावण २९, शुक्रबार
प्रधानमन्त्री शाह र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता
२०८३ श्रावण २९, शुक्रबार
चामलको पानीले अनुहार धुँदा के हुन्छ ?
२०८३ श्रावण २९, शुक्रबार
मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक
२०८३ श्रावण २९, शुक्रबार