श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

सुदूरपश्चिमका मुख्यमन्त्री र एमालेका चार मन्त्रीले लिए शपथ

प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्रीको शपथ गराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले शपथ लिएका छन् । आजै मुख्यमन्त्री नियुक्त भएका भट्टले शुक्रबार दिउँसो प्रदेश प्रमुख नजिर मियाँसमक्ष शपथ लिएका हुन् ।

उनी नेकपा एमाले र नेकपाबीच भएको तीन बुँदे सहमतिअनुसार दुई दलको गठबन्धनमा मुख्यमन्त्री बनेका हुन् ।

यसअघि कांग्रेस र एमालेबिच रहेको गठबन्धन सरकारमा बजेटको विवाद उत्कर्षमा पुगेर टुटेको थियो। गत असार ३१ गते मुख्यमन्त्रीले एमालेका ४ मन्त्रीलाई बर्खास्त गरेका थिए। भने त्यही दिन एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

बिहीबार नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख मियाँले आज भट्टलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

५३ सदस्यीय प्रदेश सभामा नेकपाका २२, कांग्रेसका १८, एमालेका ११ र राप्रपाका एक जना सदस्य छन्। उनीहरूमध्ये पूर्वमुख्यमन्त्री समेत रहेका नेकपाका दीर्घबहादुर सोडारी निलम्बित छन् भने कांग्रेसका प्रकाशबहादुर देउवा लामो समयदेखि अमेरिकामा छन्।

यस्तै एमालेका ४ जना मन्त्रीले पनि प्रदेश प्रमुख नजिर मियाँसमक्ष शपथ लिएका छन् ।

सामाजिक विकास मन्त्री सन्तोश शर्मा थापा, आर्थिक मामिला मन्त्री चक्र बहादुर मल्ल,भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दमन भण्डारी र आर्थिक मामिला मन्त्री जानकी ऐर बमले शपथ लिएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेकपा नेता पुनले भेट प्रधानमन्त्री शाह, राेल्पा पहिराेबारे गराए ध्यानाकर्षण
२०८३ श्रावण २९, शुक्रबार
स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव
२०८३ श्रावण २९, शुक्रबार
‘कांग्रेस एकजुट बनाउन राष्ट्रिय भेला’ : पूर्वमहामन्त्री कोइराला
२०८३ श्रावण २९, शुक्रबार
सुदूरपश्चिमका मुख्यमन्त्री र एमालेका चार मन्त्रीले लिए शपथ
२०८३ श्रावण २९, शुक्रबार
जेन–जी आन्दोलनका घाइते तथा सहिद परिवारसँगको सम्झौता कार्यान्वयनका लागि सहजीकरण समिति गठन
२०८३ श्रावण २९, शुक्रबार
पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड हो: सभामुख अर्याल
२०८३ श्रावण २९, शुक्रबार
दूरसञ्चार सेवाको गुणस्तर सुधार र दुर्गममा पहुँच विस्तार गर्न सञ्चारमन्त्रीको कडा निर्देशन
२०८३ श्रावण २९, शुक्रबार