बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

अमेरिकी राष्ट्रपति निर्वाचन, कस्ले मार्ला बाजी?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी राष्ट्रपतिय निर्वाचन नजिकिँदै गर्दा अमेरिकाभित्र मात्रै होइन, विश्वभर यसको जोडघटाउ सुरु भएको छ । आजको ठीक एक हप्तापछि आगामी मंगलवार नोभेम्वर ३ मा अमेरिकी राष्ट्रपतिको निर्वाचन हुँदैछ । अग्रिम मतदान भने करिब दुइ हप्ता अघि नै सुरु भइसकेको छ ।

अमेरिकी निर्वाचनमा तीन किसिमले मतदान गर्न पाइन्छ । मतदानको दिन सीधै मतदानस्थलमा लाइनमा उभिएर गरिने मतदान, निर्वाचन आयोगले हुलाकमार्फत घर ठेगानमा पठाएको मतपत्रमा मन परेको उम्मेदवारको नाममा चिन्ह लगाएर हस्ताक्षर गरी टाउनहलमा पुगी बुझाइने मतदान र टाउनले पठाएको मतपत्रमा आफूलाई मन परेको उम्मेदवारको नाममा चिन्ह लगाएर हस्ताक्षर गरी टाउनले विभिन्न स्थानमा राखेको मतपेटिकामा खसालेर गरिने मतदान । कोरोना भाइरसका कारण यसपटक पछिल्ला दुईवटा मतदान प्रक्रियामा अधिक मानिसको सहभागिता रहने जनाइएको छ ।

अहिलेसम्म करिब सात करोड मतदाताले हुलाकमार्फत अग्रिम मतदान प्रक्रियामा सहभागिता जनाइसकेका छन् । निर्वाचन आयोगले नोभेम्वर ३ को निर्धारित समयसम्ममा टाउन हलमा गएर वा हुलाकमार्फत गरिएको अग्रिम मतदानमा करिब १० करोड मतदाता सहभागी हुने अनुमान गरेको छ । अमेरिकी इतिहासमा नै मतदानको दिन अघि नै यति धेरै मतदान गरिएको पहिलो पटक हो ।

प्रत्येक चार वर्षमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो वाइडेन मुख्य प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा देखिनुभएको छ ।

निर्वाचनपछि ट्रम्प र वाइडेनमध्ये एकजना ह्वाइट हाउसका हकदार हुनुहुनेछ । अहिले यी दुवै उम्मेदवार अन्तिम प्रतिस्पर्धाका लागि तटस्थ राज्य, युद्ध मैदान वा निर्णायक राज्यका रुपमा चिनिएका अरिजोना, फ्लोरिडा, मिचिगन, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्सिनमा विशेषतः केन्द्रित रहेको छ ।

चार वर्षअघि सन् २०१६ मा झण्डै १४ करोड मतदाताले मतदान गरेका थिए । यसपटक सो संख्या बढेर करिब १५ करोड मतदानमा सहभागी हुने अनुमान गरिएको छ ।

विगत ५० वर्षको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ६१ प्रतिशतभन्दा बढी मतदान भएको छैन । सदरदरमा ५० प्रतिशतकै हाराहारीमा मतदान हुने गरेको छ । तर यसपटक प्रतिशत बढेर ६६ प्रतिशतसम्म पुग्ने पर्यवेक्षकहरुको अनुमान छ ।

कसले जित्ला?

यो निर्वाचनमा ट्रम्प वा वाइडेन कसले जित हात पार्ला रु अहिले विश्वभर यही जिज्ञासा छ । नेपालीहरु पनि अहिले यही प्रश्न गरिरहेका छन् । ठोकुवा गरेर भन्न सक्ने स्थिति छैन । विभिन्न मत सर्वेक्षणले वाइडेनलाई अग्रता दिए तापनि यी सर्वेक्षणको आधिकारिकता र विश्वसनीयतामाथि शंका उपशंका गर्नुपर्ने स्थिति सन् २०१६ को निर्वाचन सर्वेक्षण हावादारी भएको तथ्यले पनि पुुष्टि गरिसकेको छ । अमेरिकी राष्ट्रपतीय निर्वाचन प्रत्यक्ष निर्वाचन होइन, परोक्ष हो । मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई गरेको मतदानले राष्ट्रपति चुनिदैनन् । इलेक्टोरल कलेजले निर्धारण गर्छ । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख १८, शुक्रबार
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाँइको राशिफल ? हेर्नुहोस्
२०८३ बैसाख १८, शुक्रबार
अमेरिकी विशेष दूत सेर्गियो गोर काठमाडौंमा
२०८३ बैसाख १७, बिहिबार
पेट्रोलको मूल्य घट्यो, ग्यासको मूल्य १५० रुपियाँले बृद्धि
२०८३ बैसाख १७, बिहिबार
कांग्रेस नेता कोइरालाद्वारा बागमती प्रदेशका नेतासँग छलफल
२०८३ बैसाख १७, बिहिबार
बुद्धको मार्गले दिगो शान्ति र समृद्धिको आधार बनाउँछ : राष्ट्रपति
२०८३ बैसाख १७, बिहिबार