काठमाडौंः दशैं बिदापछि खुलेको सेयर बजारमा हरियाली छाएको छ । फूलपातीअघि बजार बन्द हुँदा १६०० को बिन्दु माथि उक्लेको नेप्से परिसूचकले उकालो मार्गलाई निरन्तरता दिँदा विकास बैङ्क, जीवन बीमा, बैङ्किङ समूहको सेयर उल्लेख्य रूपमा किनबेच हुँदा कारोबार अङ्क पनि करिब पौने तीन अर्ब रुपियाँको भएको छ ।
सेयर बजारमा अनलाइन कारोबार गर्न सकिने भएपछि जहाँसुकै बसेर पनि सेयर कारोबार हुन सकेकाले नै विगतमा जस्तो लामो बिदाको अघिल्ला दिन वा पहिलो दिन भनिरहनु नपर्ने अवस्था सिर्जना भएको लगानीकर्ताको भनाइ छ । त्यस्तै अबका दिनमा बैङ्कहरूले लाभांश घोषणा गर्ने समय भएकाले पनि बैङ्क वित्तीय क्षेत्रको सेयर कारोबारमा उछाल आएको सेयर विश्लेषकले बताएका छन् । गोरखापत्र
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया