कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

मुलुकको सार्वजनिक ऋण ३० खर्ब, अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

ऋणबापत सरकारले तीन महिनामा गरेको भुक्तानी अर्थतन्त्रको आधारमा भने १.५० प्रतिशत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, कात्तिक १३ गते । मुलुकले तिर्नुपर्ने सार्वजनिक ऋणको दायित्व ३० खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापनले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्मको मासिक प्रतिवेदन अनुसार कुल सार्वजनिक ऋणको दायित्व ३० खर्ब नौ अर्ब ११ करोड ६६ लाख रुपियाँ पुगेको छ । कुल ऋण दायित्वमध्ये वैदेशिक ऋण मात्रै १५ खर्ब ९८ अर्ब ८० करोड रुपियाँ रहेको छ, जुन कुल ऋणको ५३.१३ प्रतिशत हुन आउँछ ।

त्यस्तै कुल ऋणको ४५.५९ प्रतिशत अर्थात् १४ खर्ब १० अर्ब ३१ करोड रुपियाँ आन्तरिक ऋण दायित्व रहेको प्रतिवेदनमा उल्लेख छ । चालु आवको तीन महिना अर्थात् असोज मसान्तसम्म मात्रै एक खर्ब २३ अर्ब ३२ करोड रुपियाँ ऋण थपिएको प्रतिवेदनले देखाउँछ ।

जसमध्ये सरकारले एक खर्ब रुपियाँ आन्तरिक ऋण र २३ अर्ब ३२ करोड रुपियाँ बाह्य ऋण परिचालन गरिसकेको छ । चालु आवमा मात्रै सरकारले छ खर्ब ५८ अर्ब २८ करोड रुपियाँ ऋण परिचालन गर्ने लक्ष्य राखेको छ ।

९९ अर्ब ऋण भुक्तानी

सरकारले ऋण मात्र उठाइरहेको छैन यससँगै ऋणको भुक्तानीलाई पनि निरन्तर दिइरहेको छ । असोजसम्म मात्रै करिब ९९ अर्ब रुपियाँ ऋण दायित्व भुक्तानी गरेको कार्यालयले जनाएको छ । जसमध्ये आन्तरिक ऋणबापत ८२ अर्ब ७४ करोड रुपियाँ भुक्तान भएको छ ।

यस अन्तर्गत पनि साँवाबापत ६५ अर्ब १० करोड र ब्याजबापत १७ अर्ब ६३ करोड रुपियाँ भुक्तानी भएको विवरण प्रतिवेदनमा छ ।

वैदेशिक ऋणबापत कार्यालयले पछिल्ला तीन महिनामा १६ अर्ब १३ करोड रुपियाँ भुक्तानी गरेको छ । जसमध्ये १२ अर्ब ६४ करोड साँवा र तीन अर्ब ४९ करोड ब्याज भुक्तानी भएको छ । चालु वर्ष सरकारले चार खर्ब १७ अर्ब ८८ करोड रुपियाँ ऋण भुक्तानी गर्ने लक्ष्य राखेको छ ।

अर्थतन्त्रको ४५ प्रतिशत नाघ्यो

नेपालको कुल ऋण दायित्व अर्थतन्त्रको आकारको अनुपातमा भने ४५.५९ प्रतिशत पुगेको छ । जसमध्ये बाह्य ऋण अर्थतन्त्रको तुलनामा २४.२२ र आन्तरिक ऋण दायित्व २१.३७ प्रतिशत रहेको छ । ऋणबापत सरकारले तीन महिनामा गरेको भुक्तानी अर्थतन्त्रको आधारमा भने १.५० प्रतिशत हुन आउँछ । गोरखापत्र दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक
२०८३ कार्तिक १३, शुक्रबार
आज एनपीएलका खेल नहुने, भोलि दुई खेलमा चार टोली प्रतिस्पर्धा गर्दै
२०८३ कार्तिक १३, शुक्रबार
कृषि जेटिए मेघा रावलको फूलखेती
२०८३ कार्तिक १३, शुक्रबार
चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी
२०८३ कार्तिक १३, शुक्रबार
भकिम्लीका किसान व्यावसायिक गाईपालनमा
२०८३ कार्तिक १३, शुक्रबार
पाउद्धार पहिरोको प्रारम्भिक भौगर्भिक अध्ययन
२०८३ कार्तिक १३, शुक्रबार
राष्ट्र बैंकले सार्वजनिक गर्यो आजको विदेशी मुद्रा विनिमय दर, कुन मुद्राको मूल्य कति ?
२०८३ कार्तिक १३, शुक्रबार