मंग्सिर १, २०८२ सोमबार November 17, 2025

एक साताभित्र बजाजले नयाँ मोडलको स्कुटर सार्वजनिक गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बजाज मोटरसाइकल ईन्डियाले अक्टोबर १६ अर्थात असोज २९ गते नयाँ मोडल लञ्च गर्ने भएको छ ।

२०१९ को अन्त्यसम्ममा भारतीय बजारमा इलेक्ट्रीक स्कुटर अर्वानाइट उतार्ने जनाएको कम्पनीले दिपावली अगाडि नै उक्त स्कुटर सार्वजनिक गर्न लागिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय बजारमा नयाँ मोडल सार्वजनिक गर्न विभिन्न मिडियालाई आमन्त्रण गरिएको छ । तर, उक्त आमन्त्रणमा कुन नयाँ मोडल सार्वजनिक गर्न लागिएको हो भन्ने खुलाईएको छैन ।

कम्पनीले ल्याउन लागेको स्कुटर क्लासिक डिजाइनमा हुने छ भने, यसको हेडल्याम्प भेष्पाको जस्तो रहने छ । कर्भी एप्रोन र बल्की डिजाइनले स्कुटरलाई निकै आकर्षक देखाएको छ ।

यसमा दिइएको लिथिएम आयन व्याट्रीले करिब १०० किलोमिटरको माइलेज प्रदान गर्ने छ भने फुल डिजिटल इन्ट्रुमेन्ट कन्सोल दिइएको छ । यसमा रहेका हरेक फिचर मोवाइलबाट कन्ट्रोल गर्न सकिने बताइएको छ ।

बजाजले मिडियालाइ पठाएको निमन्त्रणा पत्रमा लेखिएको छ ‘हामीले इतिहास लेख्यौ अब भविष्य लेख्न गइरहेका छौँ ।’ उक्त आसयलाई केलाँउदा आउने नयाँ मोडल इलेक्ट्रीक हुने अनुमान सहजै लगाउन सकिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनेरास्ववियुको महासचिव दीपक धामीलाई अध्यक्ष बनाउने निर्णय
२०८२ मंग्सिर १, सोमबार
पूर्वप्रधानमन्त्री शेख हसिनालाई ‘मानवता विरुद्धको अपराध’मा मृत्युदण्ड सजाय
२०८२ मंग्सिर १, सोमबार
लुम्बिनीका सभामुखद्धारा स्वकीय सचिवालय विघटन
२०८२ मंग्सिर १, सोमबार
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार