भाद्र १९, २०८३ शुक्रबार September 4, 2026

एक साताभित्र बजाजले नयाँ मोडलको स्कुटर सार्वजनिक गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बजाज मोटरसाइकल ईन्डियाले अक्टोबर १६ अर्थात असोज २९ गते नयाँ मोडल लञ्च गर्ने भएको छ ।

२०१९ को अन्त्यसम्ममा भारतीय बजारमा इलेक्ट्रीक स्कुटर अर्वानाइट उतार्ने जनाएको कम्पनीले दिपावली अगाडि नै उक्त स्कुटर सार्वजनिक गर्न लागिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय बजारमा नयाँ मोडल सार्वजनिक गर्न विभिन्न मिडियालाई आमन्त्रण गरिएको छ । तर, उक्त आमन्त्रणमा कुन नयाँ मोडल सार्वजनिक गर्न लागिएको हो भन्ने खुलाईएको छैन ।

कम्पनीले ल्याउन लागेको स्कुटर क्लासिक डिजाइनमा हुने छ भने, यसको हेडल्याम्प भेष्पाको जस्तो रहने छ । कर्भी एप्रोन र बल्की डिजाइनले स्कुटरलाई निकै आकर्षक देखाएको छ ।

यसमा दिइएको लिथिएम आयन व्याट्रीले करिब १०० किलोमिटरको माइलेज प्रदान गर्ने छ भने फुल डिजिटल इन्ट्रुमेन्ट कन्सोल दिइएको छ । यसमा रहेका हरेक फिचर मोवाइलबाट कन्ट्रोल गर्न सकिने बताइएको छ ।

बजाजले मिडियालाइ पठाएको निमन्त्रणा पत्रमा लेखिएको छ ‘हामीले इतिहास लेख्यौ अब भविष्य लेख्न गइरहेका छौँ ।’ उक्त आसयलाई केलाँउदा आउने नयाँ मोडल इलेक्ट्रीक हुने अनुमान सहजै लगाउन सकिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘बाः एक योद्धा’, ‘ककाकिकी’ र ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित
२०८३ भाद्र १९, शुक्रबार
त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाको उद्धार कार्य जारी
२०८३ भाद्र १९, शुक्रबार
नेपाल‘ए’विरुद्ध दक्षिण अष्ट्रेलिया ब्याटिङ गर्दै
२०८३ भाद्र १९, शुक्रबार
आज अष्टिम्की पर्व मनाउँदै थारू समुदायका महिला
२०८३ भाद्र १९, शुक्रबार
अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल
२०८३ भाद्र १९, शुक्रबार
सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट
२०८३ भाद्र १९, शुक्रबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ भाद्र १९, शुक्रबार