असार २२, २०८२ आइतबार July 6, 2025

सीमा सुरक्षार्थ १० हजार जनशक्ति अझै अपुग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल–भारत तथा नेपाल–चीन सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा आउट पोष्ट (बीओपी) कार्यालयको सङ्ख्या १७७ पुगेको छ । अझै २२१ वटा बीओपी अत्यावश्यक रहेको सशस्त्र प्रहरीको भनाइ छ । यसका लागि सरकारको योजना कार्यान्वयनका लागि अझै १० हजार जनशक्ति अभाव रहेको सुरक्षा
अधिकारीको दाबी छ ।

सीमा सुरक्षा पोष्ट ११ देखि १५ किलोमिटरको दूरीमा छन् । बीओपीको स्थापना देशको सीमा सुरक्षासँग जोडिएकाले प्रभावकारी परिचालन, उचित बन्दोबस्ती र स्थायी संरचनासँगै पर्याप्त जनशक्तिको आवश्यकता रहेको छ । सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालले भन्नुभयो, ‘‘सीमा सुरक्षाका लागि अझै १० हजार जनशक्ति अपुग छ, छिमेकी देशको तुलनामा हाम्रो उपस्थिति निकै कमजोर छ । नेपालसँगको सीमा क्षेत्रमा भारतले ५३० वटा सीमा सुरक्षा कार्यालय सञ्चालनमा
ल्याएको छ। ’’

सुरक्षा पोष्टको सङ्ख्या भने थप्ने क्रम जारी छ । नेपाल–चीन सीमा क्षेत्र सङ्खुवासभाको किमाथाङ्का र मुस्ताङको कोरोला नाकामा केही हप्ताअघि नयाँ ‘बीओपी’ स्थापना भएसँगै सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टको सङ्ख्या यति पुगेको हो । सीमा सुरक्षा पोष्टको स्थापनाले नेपालको सीमा अतिक्रमण रोक्न तथा अपराध गतिविधि नियन्त्रण गर्न र शान्तिसुरक्षा कायम राख्न सशस्त्र प्रहरीको उपस्थिति प्रभावकारी बन्दै गएको दाबी सुरक्षा अधिकारीको छ ।

सशस्त्र प्रहरी बलका अनुसार, १७७ मध्ये सातवटा नयाँ बीओपी चीन सीमा क्षेत्रसँग र बाँकी भारत सीमा नाका क्षेत्रमा रहेका छन् । सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालका अनुसार, बीओपीको सङ्ख्या पाँच सयसम्म पुर्याउने योजना छ । तीमध्ये कम्तीमा २२१ वटा स्थापना गरेमा सीमा क्षेत्रको धेरै समस्या समाधान हुन्छ । सीमा स्तम्भ र सीमा भूमि सुरक्षामा सहयोग पुग्नेछ ।

भारतसँग सीमा जोडिएको क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टको स्थापनाले दुई देशबीचको सीमा अतिक्रमण, अवैध तस्करी, लागू औषध तथा अन्य आपराधिक गतिविधिमा पूर्ण नियन्त्रण आउने दाबी उहाँको छ । हाल, प्रदेश–२ मा ५७, प्रदेश–१ मा ३६, लुम्बिनी प्रदेशमा ३५, सुदूरपश्चिम प्रदेशमा ३८, बागमती प्रदेशमा आठ, गण्डकी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक गरी एक सय ७७ सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट सञ्चालनमा छन् ।

वि.सं. ०६५-६६ सालबाट सीमा सुरक्षाको जिम्मेवारी सम्हाल्दै आएको सशस्त्र प्रहरी बलले ४७ वटाबाहेक अन्य १३० वटा सीमा सुरक्षा कार्यालय भाडाको भवन तथा अस्थायी घर टहराबाट सञ्चालन गर्दै आएका छन् । सीमा सुरक्षा जस्तो संवेदनशील विषयमा पहिलो प्राथमिकतामा सीमा सुरक्षा कार्यालय स्थापना, त्यसपछि भौतिक संरचना तथा पूर्वाधार निर्माण कार्य हुँदै गर्छ भन्ने रणनीतिअनुरुप बीओपी स्थापना कार्यमा जोड दिएको भनाइ उहाँको छ ।

प्रत्येक सीमा सुरक्षा पोष्टमा सीमा क्षेत्र तथा सुरक्षा अवस्थाको मूल्याङ्कन गरी सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) र सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ देखि ५० जनासम्मको जनशक्ति परिचालन हुँदै आएको छ । सीमा सुरक्षाका लागि यो जनशक्ति न्यून हो । त्यस्तै, सीमा क्षेत्रमा कम्तीमा तीनदेखि चार किलोमिटरको दूरीमा बीओपी राख्नुपर्ने आवश्यकता सशस्त्र प्रहरीले औँल्याएको छ । भारतले पनि नेपालको सीमा क्षेत्रमा सोही दूरीका आधारमा सुरक्षा कार्यालय सञ्चालनमा ल्याएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार