कार्तिक १८, २०८३ बुधबार November 4, 2026

गृहमन्त्रीबाट नवनियुक्त प्रहरी महानिरीक्षक केसीलाई दर्ज्यानी चिह्न प्रदान

नेपाल प्रहरीको नेतृत्व सम्हाल्दै मनोजकुमार केसी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

गृहमन्त्रि सुधन गुरुङले  केसीलाई नियुक्तिपत्र प्रदान गर्दै दर्ज्यानी चिह्न लगाइदिएका हुन् । यसअघि गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने चलन रहेको थियो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले नवनियुक्त आईजीपी केसीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको जानकारी दिएका छन् ।

दर्ज्यानी चिह्न प्राप्त गरेसँगै केसी प्रहरी संगठनको नेतृत्व सम्हाल्न प्रहरी प्रधान कार्यालय जाने तयारीमा छन् । उनी केही बेरमै नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर पदबहाली गर्ने कार्यक्रम रहेको छ ।

पदबहालीपछि उनले नेपाल प्रहरीको नेतृत्व औपचारिक रूपमा सम्हाल्नेछन् । नयाँ नेतृत्वसँगै प्रहरी संगठनको प्रशासनिक तथा सुरक्षा व्यवस्थापनसम्बन्धी जिम्मेवारी पनि केसीको काँधमा आउनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अर्थमन्त्री वाग्ले र भारतका विदेश सचिव मिश्रीबीच भेट
२०८३ कार्तिक १८, बुधबार
सभामुख अर्यालद्वारा विषयगत समितिका सभापतिहरूसँग छलफल
२०८३ कार्तिक १८, बुधबार
भद्रपुरमा तीनदिने विद्यार्थी महोत्सव सुरु, ५८ विद्यालय सहभागी
२०८३ कार्तिक १८, बुधबार
नेपाल प्रिमियर लिग (एनपीएल) : अङ्कतालिकाको शीर्ष स्थानमा लुम्बिनी
२०८३ कार्तिक १८, बुधबार
सरकारद्धारा डा. गोविन्द केसीसँग वार्ताका लागि चार सदस्यीय टोली गठन
२०८३ कार्तिक १८, बुधबार
तीन खर्बको कारोबार डिजिटल बनाउँदै आयल निगम, इआरपी परियोजना अन्तिम चरणमा
२०८३ कार्तिक १८, बुधबार
नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त महानिरीक्षक केसी
२०८३ कार्तिक १८, बुधबार