कार्तिक १८, २०८३ बुधबार November 4, 2026

प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न गृहमन्त्री गुरुङको निर्देशन

“शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन र नागरिक सेवाका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्नुहोस्”

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न नवनियुक्त महानिरीक्षक डा मनोज केसीलाई निर्देशन दिनुभएको छ ।

गृह मन्त्रालयमा आज डा केसीलाई महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेपछि उहाँले नागरिकमैत्री व्यवहार गर्न प्रहरी सङ्गठनलाई निर्देशन दिनुभएको हो । “शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन र नागरिक सेवाका क्षेत्रमा प्रभावकारी रूपमा काम गर्नुहोस्”, गृहमन्त्री गुरुङले भन्नुभयो ।

‘फिल्ड’मा खटिने प्रहरी जवानको मनोबल उच्च राख्न निर्देशन दिँदै उहाँले भन्नुभयो, “प्रहरीलाई आवश्यक स्रोतसाधन दिन सरकार तयार छ । कुनै काममा गाह्रो अप्ठ्यारो छ भने सम्बोधन गर्न गृह मन्त्रालय तत्पर छ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अर्थमन्त्री वाग्ले र भारतका विदेश सचिव मिश्रीबीच भेट
२०८३ कार्तिक १८, बुधबार
सभामुख अर्यालद्वारा विषयगत समितिका सभापतिहरूसँग छलफल
२०८३ कार्तिक १८, बुधबार
भद्रपुरमा तीनदिने विद्यार्थी महोत्सव सुरु, ५८ विद्यालय सहभागी
२०८३ कार्तिक १८, बुधबार
नेपाल प्रिमियर लिग (एनपीएल) : अङ्कतालिकाको शीर्ष स्थानमा लुम्बिनी
२०८३ कार्तिक १८, बुधबार
सरकारद्धारा डा. गोविन्द केसीसँग वार्ताका लागि चार सदस्यीय टोली गठन
२०८३ कार्तिक १८, बुधबार
तीन खर्बको कारोबार डिजिटल बनाउँदै आयल निगम, इआरपी परियोजना अन्तिम चरणमा
२०८३ कार्तिक १८, बुधबार
नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त महानिरीक्षक केसी
२०८३ कार्तिक १८, बुधबार