काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले राजनीतिक दल र देशप्रतिको जिम्मेवारीबीच ठूलो अन्तर रहेको बताएका छन्।
बिहीबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले दलका नेता–कार्यकर्ताको भूमिका र देशप्रतिको जिम्मेवारीलाई फरक ढंगले प्रस्तुत गरेका हुन्।
उनले केही राजनीतिक दलका कार्यकर्ता आन्दोलन तथा संघर्षमा लागिरहँदा नेताहरू भने त्यसको प्रत्यक्ष प्रभावबाट टाढा रहने गरेको टिप्पणी गरेका छन्। त्यसको विपरीत आफ्नो पक्षका नेता नै संघर्षमा रहेको र मानवताबाट आशा गरिएको उनको भनाइ छ।
प्रधानमन्त्री शाहले आफ्नो धारणा राख्दै ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’ भन्दै राजनीतिक दलको हितभन्दा देशको हितलाई प्राथमिकता दिनुपर्ने सन्देश दिएका छन्।
उनको पछिल्लो अभिव्यक्तिलाई पछिल्लो राजनीतिक परिस्थितिप्रति लक्षित टिप्पणीका रूपमा हेरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया