कार्तिक २१, २०८३ शनिबार November 7, 2026

काग तिहार: कागेश्वरी मन्दिरमा भक्तजनको घुइँचो

प्रत्येक वर्षको कागे अष्टमी र काग तिहारका अवसरमा भक्तजनको घुइँचो लाग्ने प्रचलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २१ कात्तिक: कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहार पर्वका अवसरमा आज बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।

यस अवसरमा कागेश्वरीमा गई पूजा आजा एवं दर्शन गरेमा कागबाट सहयोग प्राप्त हुने धार्मिक विश्वास छ । यहाँ प्रत्येक वर्षको कागे अष्टमी र काग तिहारका अवसरमा भक्तजनको घुइँचो हुने गर्छ । कागेश्वरी मन्दिरमा २२७ किलोको पित्तललगायत अष्ट धातुबाट बनेको कागको मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने गरेको छ ।

यो नेपालकै ठूलो कागको मूर्ति हो । नेपालको ठूलो कागको मूर्तिमा पूजा गर्न भक्तजनको भीड लागेको हो । कागेश्वरी मन्दिर माथिको सहिद उद्यानमा एक हजार किलो अष्ट धातुबाट कागको मूर्ति बनाइएको छ । यो विश्वकै ठूला कागको मूर्ति भएको जनाइएको छ ।

काग तिहारका अवसरमा वसन्तपुरस्थित कागेश्वरी मन्दिरमा पनि बिहानैदेखि कागको पूजा गर्ने भक्तजनको भीड लागेको छ । यसैगरी पशुपति क्षेत्रमा रहेको कागेश्वरी मन्दिरमा पनि काग तिहारका अवसरमा पूजा, आराधना गर्ने भक्तजनको लाम लागेको छ । यी मन्दिरका साथै आज घरघरमा पनि कागलाई मीठा मीठा खानेकुरा खान दिई सम्मान गरिन्छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया