काठमाण्डौंः भक्तपुरको भेलुखेलस्थित आदर्श आजाद माध्यमिक विद्यालयको नयाँ भवन निर्माण शुरु गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराम कवांले आज भवनको शिलान्यास गरेका छन् । सरकारको रु दुई करोड ९७ लाख ६६ हजार दुई सय ५५ को लागत इष्टमेटमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाई (शिक्षा) भक्तपुरले निर्माण शुरु गरेको हो ।
विद्यालयका सहायक प्रधानाध्यापक चक्रबहादुर चाकतुले भवनको भौतिक निर्माणका साथै रङ्गरोगन र बेन्च टेवलसहित आयोजनाले नै राखिदिने सम्झौता भएको जानकारी दिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया