कार्तिक २४, २०८३ मंगलबार November 10, 2026

एनपीएल : आज (मंगलबार) दुई दाबेदार टोलीबीच प्रतिस्पर्धा हुँदै

सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमने-सामने हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज (मंगलबार) दुई दाबेदार टोलीबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज साँझ ५ बजे सुरु हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स आमने-सामने हुँदैछन् ।

प्रतियोगिताको रोमाञ्चक मोडमा हुन लागेको यस खेललाई दुवै टोलीका लागि अत्यन्त महत्त्वपूर्ण मानिएको छ ।

सुदूरपश्चिम रोयल्सले चालु सिजनमा अहिलेसम्म ५ खेल खेलिसकेको छ। जसमा ३ मा जित र २ मा हार व्यहोर्दै ६ अङ्कका साथ सुदूरपश्चिम अङ्क तालिकाको तेस्रो स्थानमा कायम रहेको छ । आजको खेलमा विजय हासिल गरेमा सुदूरपश्चिमलाई प्लेअफमा पुग्नका लागि बाटो अझै सहज बन्नेछ ।

यता, जनकपुर बोल्ट्सले पनि हालसम्म ५ वटा खेल खेलेको छ । जसमा २ खेलमा जित र ३ खेलमा हारको नतिजासहित ४ अङ्क जोडेको जनकपुर अङ्क तालिकाको पाँचौँ स्थानमा रहेको छ । प्लेअफको सम्भावनालाई जीवितै राख्न र अङ्क तालिकामा आफ्नो स्थिति सुदृढ पार्न जनकपुरलाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया