बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

अफगानिस्तानको विश्वविद्यालयमा गोली प्रहार हुँदा १९ जना मारिए, २२ जना घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानको काबुल विश्वविद्यालयमा एक समुहले गोली प्रहार गर्दा १९ जना मारिएका छन् भने अन्य २२ जना घाइते भएका छन् ।

सोमबार विश्वविद्यालयमा बुक फेयरको तयारी भइरहँदा ३ जना बन्दुकधारीले गोली चलाएको बताइएको छ । घटना लगत्तै सुरक्षाकर्मीले विश्वविद्यालयलाई घेरा हालेर बन्दुकधारीलाई लक्षित गर्दै गोली प्रहार गरेको थियो ।

यस क्रममा विश्वविद्यालयमा विद्यार्थीहरुको भागदौड मच्चिएको थियो । गृह मन्त्रालयले भने सुरक्षाकर्मीको कारवाहीमा आक्रमणकारीको मृत्यु भइसकेको जनाएको छ ।

उक्त हमलाको जिम्मेवारी कुनै पनि सशस्त्र समूहले लिएका छैनन् । अफगानिस्तानमा सक्रिय सशस्त्र समूह तालिबानले भने उक्त हमलामा आफू संलग्न नभएको भन्दै घटनाको निन्दा गरेको छ । अहिले घटनास्थलमा उच्च सतर्कता अपनाइनुका साथै बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । घाइतेहरुको भने काबुलस्थित अस्पतालमा उपचार भइरहेको छ ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख १८, शुक्रबार
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार
आज शुक्रबार, कस्तो छ तपाँइको राशिफल ? हेर्नुहोस्
२०८३ बैसाख १८, शुक्रबार
अमेरिकी विशेष दूत सेर्गियो गोर काठमाडौंमा
२०८३ बैसाख १७, बिहिबार
पेट्रोलको मूल्य घट्यो, ग्यासको मूल्य १५० रुपियाँले बृद्धि
२०८३ बैसाख १७, बिहिबार
कांग्रेस नेता कोइरालाद्वारा बागमती प्रदेशका नेतासँग छलफल
२०८३ बैसाख १७, बिहिबार
बुद्धको मार्गले दिगो शान्ति र समृद्धिको आधार बनाउँछ : राष्ट्रपति
२०८३ बैसाख १७, बिहिबार