असोज १२, २०८३ सोमबार September 28, 2026

अष्ट्रेलियाका क्रिकेटर शेन वाटसनद्वारा सन्यासको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अष्ट्रेलियाका क्रिकेटर शेन वाटसनले क्रिकेट खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । अष्ट्रेलियाका पूर्व अलराउण्डर वाटसनले मंगलबार खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।

वाटसनले आफ्नो वेबसाइटमा एक भिडियो पोस्ट गर्दै सन्यास घोषणा गरेका हुन् । ३९ वर्षीय वाटसनले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट चेन्नई सुपर किङ्सबाट खेलेका थिए ।

तर, चेन्नई लिग चरणबाटै बाहिरिएको थियो । चेन्नई बाहिरिएसँगै वाटसनले सन्यास घोषणा गरेका हुन् । उनले आईपीएलको १ सय ४५ खेलमा ३ हजार ८ सय ७४ रन बनाएका छन् । उनले ९२ विकेट समेत लिएका छन् ।

वाटसनले अन्तराष्ट्रिय क्रिकेटबाट भने सन् २०१६ सन्यास लिएका थिए । तर, उनले फ्रेन्चाइज क्रिकेट भने खेल्दै आइरहेका थिए ।  विश्वकप विजेता वाटसनले अष्ट्रेलियाका लागि ५९ टेस्ट खेलेका थिए । यस्तै १ सय ९० एकदिवसीय र ५८ टी–ट्वान्टी अन्तराष्ट्रिय खेलेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार
वरिष्ठ कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित
२०८३ असोज १२, सोमबार
‘Mother’s Milk Substitutes (Control of Sale and Distribution) (First Amendment) Bill’ passed
२०८३ असोज १२, सोमबार