असार २२, २०८२ आइतबार July 6, 2025

चीनतिरै अड्किए नेपालका सामान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली व्यवसायीले चीनमा अर्डर गरेका अर्बौंका सामान खासा, केरुङलगायत चिनियाँ बजारमै अड्किएका छन्। नेपाल–चीन नाका तातोपानी र रसुवागढीबाट दैनिक ६ देखि ८ कन्टेनर सामान मात्रै आयात भइरहेको छ।

नेपाल हिमालय सीमापार वाणिज्य संघका अनुसार कोभिड–१९ का कारण पछिल्लो नौ महिनादेखि करिब १७ अर्बको गार्मेन्ट, जुत्ताचप्पल, मोबाइल एसोसरिज, इलेक्ट्रोनिक्सका सामान र उपकरण, विभिन्न प्रकारका कच्चापदार्थलगायत अड्केको हो। चीनले तातोपानी र रसुवागढी नाकाबाट मालसामान ल्याउने बाटो फुकाए पनि पर्याप्त परिमाणमा भने निर्यात गर्न दिएको छैन। ती दुवै नाकाबाट अत्यन्तै थोरै परिमाणमा मालसामानसहितको कन्टेनर आउँदा व्यापारी लगानी डुब्ने चिन्तामा परेका छन् ।

संघका अध्यक्ष बच्चु पौडेलका अनुसार विगतमा नेपाली व्यवसायीको कन्टेनर तातोपानी हुँदै चीनको खासासम्म सोझै जान पाउँथ्यो। खासामा सामान लोड गरी १५ दिनमा काठमाडौं ल्याइपुर्‍याउँथे। दैनिक रूपमा उक्त नाकामार्फत ५० देखि १ सय कन्टेनरसम्म सामान आउँथ्यो। रसुवातर्फ केरुङ (चीनतर्फको भूभाग)सम्म नेपाली कन्टेनर जान पाउँथ्यो। ‘तर, पछिल्लो समय कोभिडको समस्या देखाएर केरुङ र खासासम्म नेपाली कन्टेनरलाई जान दिइएको छैन’, अध्यक्ष पौडेलले भने।

पौडेलका अनुसार चिनियाँ पक्षले कोभिड–१९ को समस्या सिर्जना भएपछि नेपाली कन्टेनरलाई तातोपानी र रसुवातर्फको मितेरी पुलसम्म मात्रै जान अनुमति दिएको छ। मितेरी पुलसम्म चिनियाँ पक्षले आफ्ना कन्टेनरमा नेपाली व्यवसायीले मगाएको सामान ल्याइदिन्छन्। त्यहाँबाट नेपाली व्यवसायीले आफ्ना ट्रक र कन्टेनरमा लोड गरी भित्र्याउँदै आएका छन्।

नेपाली व्यवसायीले ती दुवै नाकाको मितेरी पुलसम्म दैनिक ५० देखि १ सय कन्टेनरसम्म आउनुपर्ने माग गर्दै आएका छन्। ‘हामी अहिले पनि कोभिड १९ को स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पालना गरेका छौं’, पौडेलले भने, ‘हामीलाई मितेरी पुलमै सामान झारिदिए पनि हुन्छ। तर, कम्तीमा दैनिक ५० देखि १ सय कन्टेनरसम्म झारिदिनुपर्‍यो।’ कनिका छरेजस्तो दैनिक ४–५ कन्टेनर झारेका कारण आर्थिक मारमा परेको पौडेलको भनाइ छ।

नौ महिनादेखि आउन नसकेको करिब १७ सय कन्टेनरको सामान कुन अवस्थामा छ भन्ने सोचेर मानसिक र आर्थिक पीडा थपिएको आयातकर्ता व्यापारीको भनाइ छ। पौडेलका अनुसार यो विषयमा परराष्ट्रसचिबसँग पटक–पटक छलफल भएको छ। परराष्ट्रसचिव तातोपानी नाकासमेत घुमेर आए तर हालसम्म कूटनीतिक रुपमा समस्याको कुनै समाधान भएको छैन। अन्नपूर्णपोष्टबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार