असार २२, २०८२ आइतबार July 6, 2025

तिहारका लागि १८ करोडको झिलीमिली बत्ती आयात

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यस वर्षको तिहारका लागि १८ करोड मूल्य बराबरको झिलीमिली बत्ती आयात भएको छ । तिहार र छठलाई लक्षित गर्दै व्यवसायीले उक्त परिमाणमा यस्ता बत्ती आयात गरेका हुन् ।

नेपाल विद्युतीय व्यवसायी महासंघले गत वर्षको तिहारका लागि करिब ४० करोड रुपैयाँ बराबरको झिलीमिली बत्ती आयात गरेको थियो । यो वर्ष कोरोना महामारीका कारण बजारमा यस्ता बत्तीको माग घटेकाले महासघंले कम परिमाणमा आयात गरेको हो ।

महामारीका कारण यस वर्ष विद्युतीय सामग्रीको समग्र व्यापार करिब ६० प्रतिशतले घटेको संघका अध्यक्ष सुदर्शनप्रसाद पौडेलले जानकारी दिए । ‘यसले गर्दा झिलीमिली बत्तीको व्यापार ३५ देखि ४० प्रतिशतमा खुम्चिएको छ,’ उनले भने ।

नेपालमा विशेषगरी भारत र चीनबाट यस्ता बत्तीको आयात हुने गरेको छ । त्यसमध्ये करिब ८५ प्रतिशत चीन र बाँकी १५ प्रतिशत बत्ती भारतबाट आयात हुने गरेको छ ।

यसअघिका वर्षमा तिहारका लागि व्यवसायीहरू बत्ती आयात गर्न आफैं चीन र भारतीय बजार जाने गर्थे । उतैबाट बत्तीको गुणस्तरसमेत आफैंले जाँचेर आयात गर्दथे । तर, यो वर्ष चिनियाँ र भारतीय बजारमा जान नसकेका कारण अनलाइनमार्फत नै बत्तीको अर्डर गरेको इन्द्रचोकमा बत्तीको व्यापार गर्दै आएका शंकर अग्रवालले बताए ।

‘अघिल्ला वर्षहरूमा दसैं सकिएलगत्तै उपभोक्ताले घर, बगैंचा, कार्यालय, व्यापारिक मललगायत स्थानमा विभिन्न रङमा बल्ने बत्तीहरू लगाएर झिलीमिली पारिसकेका हुन्थे । तर, यस वर्ष महामारीका कारण उपभोक्तामा उत्साह नदेखिएपछि बत्तीको व्यापार पनि कम भएको हो,’ अग्रवालले भने ।

सामान्य अवस्थाको तुलनामा तिहारका बेला काठमाडौंका मुख्य व्यापारिक केन्द्र असन, इन्द्रचोक, न्युरोड, महाबौद्धलगायत देशभरका विभिन्न सहरमा यस्ता बत्ती किन्नेहरूको भीड लाग्ने गर्थ्यो ।

यसले गर्दा अन्य समयभन्दा तिहारमा यस्ता बत्तीको व्यापार ८० प्रतिशतले बढ्ने गरेको थियो । महासंघमा ३ हजार ५ सय व्यवसायी आबद्ध छन् । अभियान

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार