असोज १२, २०८३ सोमबार September 28, 2026

टस जितेर मुम्बईविरूद्ध पहिले बलिङ गर्दै दिल्ली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः आइपिएल २०२० को प्ले अफअन्तर्गतको पहिलो क्वालिफायर खेलमा साविक विजेता मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबिच महाभिडन्त हुँदैछ। खेलमा टस जितेर दिल्लीले पहिले बलिङ गर्ने निर्णय गरेकाे छ।

लिगको शीर्षस्थानमा रहँदै प्ले अफमा स्थान बनाएको मुम्बई र दोस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको दिल्लीबिचको विजेता आइपिएल २०२० को फाइनलमा प्रवेश गर्नेछ। चार पटक आइपिएलको उपाधि जितिसकेको मुम्बई पहिलोपटक उपाधि जित्ने लक्ष्य लिएको दिल्लीबिचको खेल रोमाञ्चक तथा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

मुम्बई र दिल्लीबिच को बलियो?

आइपिएलको हालसम्मको तथ्याङ्क हेर्दा दिल्लीभन्दा मुम्बई बलियो देखिएको छ। आइपिएलको १३ औं संस्करणसम्म आइपुग्दा यी दुई टोली २६ खेलमा आसनेसामने भएका छन्। जसमध्ये मुम्बईले १४ खेलमा जित निकालेको छ भने दिल्ली १२ खेलमा विजयी भएको छ।

आइपिएल २०२० को लिग चरणको दुबै खेलमा मुम्बईले दिल्लीलाई पराजित गरेको छ। पहिलो खेलमा दिल्लीविरुद्ध ५ विकेटले विजयी भएको मुम्बई दोस्रो खेलमा ९ विकेटको जित निकाल्न सफल भयो।

लिगका खेलको नतिजाले उत्साहित बनेको मुम्बईको मनोबल उच्च छ भने सन्तुलित देखिएको दिल्ली हर चुनौतिको सामना गर्न तयार देखिन्छ। आइपिएलको सर्वाधिक सफल टिम मुम्बई पाचौँपटक उपाधि जित्ने सोचमा छ भने दिल्ली पहिलो पटक उपाधि उचाल्ने दाउमा रहेको छ।

जारी सिजनमा दुई टिमका खेलाडीको कस्तो छ तथ्याङ्क?

आइपिएल २०२० लिग खेलहरु सकिँदा दिल्लीका शिखर धवन सर्वाधिक रन बनाउने खेलाडीको सुचिको तेस्रो नम्बरमा छन्। उनले १४ खेलमा ५ सय २५ रन बनाएका छन्। त्यस्तै मुम्बईका क्विन्टन डी कक उक्त सुचिको सातौँ नम्बरमा छन्। उनले समान खेलबाट ४ सय ४३ रन बनाएका छन्।

त्यसैगरी सर्वाधिक विकेट लिने खेलाडीको सुचिमा दिल्लीका बागिसो रबडा शीर्षस्थानमा छन्। उनले १४ खेलमा २५ विकेट लिइसकेका छन्। उक्त सुचीको दोस्रो स्थानमा मुम्बईका जसप्रीत बुम्राह छन्। उनले समान खेलबाट २३ विकेट लिएका छन्। त्यस्तै २० विकेटका साथ मुम्बईका ट्रेन्ट बल्ट पाँचौ स्थानमा रहँदा दिल्लीका एनरिच १९ विकेटका साथ आठौं स्थानमा छन्।

उत्कृष्ट खेलाडीहरु समायोजित दुबै टोली सिधै फाइनल प्रवेश गर्ने लक्ष्यका लागि मैदान उत्रनेछन्। आजको खेलमा पराजित हुने टोलीको आइपिएल २०२० यात्रा यहीँ टुङ्गिने छैन। पराजित टोलीले इलिमिनेटरको विजेता टोलीसँग प्रतिस्पर्धा गर्ने मौका पाउनेछ। इलिमिनेटरमा भने सनराइजर्स हैदराबाद र रोयल च्यालेन्जर्स ब्याङ्ग्लोरबिच भोली ९शुक्रबार० प्रतिस्पर्धा हुनेछ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार
वरिष्ठ कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित
२०८३ असोज १२, सोमबार
‘Mother’s Milk Substitutes (Control of Sale and Distribution) (First Amendment) Bill’ passed
२०८३ असोज १२, सोमबार