असार २२, २०८२ आइतबार July 6, 2025

आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या बढ्दो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः देशभर कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि आईसीयू र भेन्टिलेटरमा उपचाररत बिरामीको संख्या बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार ८३ जना भेन्टिलेटरमा र ३ सय ८० जना कोरोना संक्रमित आईसीयूमा उपचाररत छन् ।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा १ सय ६९ जना छन् भने ४४ जना भेन्टिलेटरमा उपचाररत छन् । लुम्बिनी प्रदेशमा ६० जना आईसीयू र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा ४३ जना आईसीयू र १२ जना भेन्टिलेटरमा र प्रदेश २ मा आठ जना आईसीयू र दुई जना भेन्टिलेटरमा उपचाररत छन् । यस्तै सुदूरपश्चिममा ८ जना आईसीयू र २ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ८९ जना आईसीयू र १७ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ३ जना आईसीयूमा उपचाररत छन् ।

शुक्रबार काठमाण्डु उपत्यकामा १ हजार ३ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ३०, ललितपुरमा १ सय ८७ र भक्तपुरमा १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोनाको आशंकामा हालसम्म १५ लाख १७ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ । शुक्रबार देशभर २ हजार ९ सय ९ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ४ हजार ५ सय जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या हालसम्म १ लाख ५२ हजार ९ सय आठ पुगेको छ । देशभर ३४ हजार ९ सय ५ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ ।

शुक्रबारसम्म २८ हजार ९ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ४ सय ८६ जना होम आइसोलेसनमा छन् । यस्तै, प्रदेश १ मा ४ हजार ५ सय ७०, प्रदेश २ मा ९ सय ८६, लुम्बिनी प्रदेशमा २ हजार २ सय ९, सुदूरपश्चिम प्रदेशमा ७ सय २२, गण्डकी प्रदेशमा १ हजार ७ सय १० र कर्णाली प्रदेशमा ३ सय १० जना होम आइसोलेसनमा छन् । राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार