असोज १२, २०८३ सोमबार September 28, 2026

विष्फोटक पदार्थसहित दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बाराबाट प्रहरीले विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । फेटा गाँउपालिका-१ बस्ने २८ वर्षीय लालबाबु दास र २७ वर्षीय कन्हैया दास पक्राउ परेका हुन् ।

ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका–५ स्थित लालका पुल नजिकै सडक खण्डमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना. ७ ख ६०४१ नम्बरको बसको डिक्कीमा खुर्सानीको बोराभित्र लुकाएर लैजाँदै गरेको अवस्थामा विष्फोटक पदार्थ पटका बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

बोराबाट नागिन पटका ४० बण्डल, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने गन्दक जस्तो देखिने पहेलो पदार्थ १ किलो ५ सय ग्राम र सुहागा जस्तो देखिने सेतो पदार्थ ६ किलो ९ सय ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

विष्फोटक पदार्थसहित पक्राउ परेका उनीहरु विरुद्ध विष्फोटक पदार्थ अन्तर्गत कसुरमा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानसँगको तनाव बढेपछि तेलको मूल्य बढ्यो, विश्व बजारमा दबाब
२०८३ असोज १२, सोमबार
नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै
२०८३ असोज १२, सोमबार
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार
पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु
२०८३ असोज १२, सोमबार