बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

अमेरिकामा १० दिनमै थपिए ११ लाख २९ हजार कोरोना संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकामा बुधबार एकै दिन १ लाख ३६ हजार कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्म एकै दिन धेरै संक्रमित भेटिएको घटना हो। अमेरिकामा संक्रमितको आँकडा १ करोड ७० लाखभन्दा धेरै पुगेको छ। त्यहाँ हालसम्म २ लाख ४७ हजार मानिसले ज्यान गुमाइसकेका छन् ।

यता विश्‍वभर कोरोनाका बिरामीको संख्या बढेर ५ करोड २४ लाख पुगेको छ। तर तीन करोड ६६ लाख मानिस निको भएका छन्। अहिलेसम्म १२ लाख ८८ हजार मानिसले ज्यान गुमाएका छन् ।

विश्‍वकै सबैभन्दा चपेटामा परेको अमेरिकामा संक्रमण तीव्र गतिमा बढिरहेको छ । बुधवार त्यहाँ कीर्तिमानी १ लाख ३६ हजार नयाँ संक्रमित थपिएका हुन्। बितेको १० दिनमा अमेरिकामा ११ लाख २९ हजार ४६३ जना नयाँ संक्रमित थपिएका छन् । यता चीनमा केही दिनको राहतपछि फेरि १५ जना नयाँ संक्रमित भेटिएका छन् ।

न्यूयोर्कमा प्रतिबन्ध

अमेरिकामा एक दिनमै कीर्तिमानी संख्यामा बिरामी थपिएपछि तनाव बढ्दै गएको छ । १० दिनयता त्यहाँ लगातार दैनिक एक लाखभन्दा धेरै संक्रमित थपिएका छन्। यसैबीच न्यूयोर्कका गभर्नर एन्ड्रू कुमोले राज्यमा प्रतिबन्धको घोषणा गरेका छन्। कुमोले प्रतिबन्ध नलगाई कोरोना नियन्त्रण सम्भव नरहेको बताएका छन् ।

अब न्यूयोर्कमा पार्टीसहितका भिड हुने कार्यक्रम गर्न पाइने छैन । व्यापारका लागि पनि शर्त तोकिएको छ। न्यूयोर्कमै फेरि बिहीबार १६ सय २८ नयाँ संक्रमित थपिएका छन् भने २१ जनाको ज्यान गएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार
सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी
२०८३ बैसाख १८, शुक्रबार