असोज १२, २०८३ सोमबार September 28, 2026

सिरहामा लाखौं नक्कली नोटसहित तीन जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सिरहामा प्रहरीले ६ लाख ८४ हजार रूपैयाँ बराबरको नक्कली नोट बरामद गरेको छ। गोलबजार नगरपालिका-६ बाट एक हजार रूपैयाँ दरका ६ लाख ८४ हजार रूपैयाँको नक्कली नोट प्रहरीले बरामद गरेको हो।

प्रहरीले एक थान ल्यापटप, एक थान प्रिन्टर, एक थान प्लास्टिकको फोल्डिङ टेबल र च्यातिएको नक्कली नोट कागजका टुक्राहरू पनि बरामद गरेको छ। नक्कली नोट प्रिन्ट गरेको आरोपमा तीन जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गोलबजार नगरपालिका-६ डेरा गरी बस्ने कल्याणपुर नगरपालिका-७ भेडिया बस्ने २५ वर्षीय विमलेन्द्र नायक, गोलबजार नगरपालिक-१२ बेतौना बस्ने २५ वर्षीय धिरज राय र सोही ठाउँ बस्ने २० वर्षीय सञ्जय राय रहेका छन्।

इलाका प्रहरी कार्यालय मिर्चैया, इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल गोलबजारबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानसँगको तनाव बढेपछि तेलको मूल्य बढ्यो, विश्व बजारमा दबाब
२०८३ असोज १२, सोमबार
नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै
२०८३ असोज १२, सोमबार
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार
पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु
२०८३ असोज १२, सोमबार