श्रावण २६, २०८३ मंगलबार August 11, 2026

ठूलो परिमाणको लागुपदार्थसहित एक युवक पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागलुङ जिल्लाको निसीखोलाबाट प्रहरीले ठूलो परिमाणको लागुपदार्थसहित एक युवकलाई पक्राउ गरेको छ ।

बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ लुर्पावाङबाट घर नजिकै लुकाई राखेको १ सय ५० केजी गाँजासहित ३४ वर्षीय टेकबहादुर घर्तीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

लुकाई छिपाई गाँजा राखेको भन्ने सूचनाको आधारमा शुक्रबार प्रहरी निरीक्षक भण्डारीको नेतृत्वमा परिचालन भएको प्रहरीले शनिबार बिहान चार बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए ।

भर्तीलाई इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारी नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

पक्राउ गरिएका घर्तीलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ ल्याउदै गरेको प्रहरी नायव उपरीक्षक रेग्मीको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
२०८३ श्रावण २६, मंगलबार
विद्यालयमै प्रधानाध्यापकले छात्रामाथि बलात्कार गरेको आरोप
२०८३ श्रावण २६, मंगलबार
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन
२०८३ श्रावण २६, मंगलबार
एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय
२०८३ श्रावण २६, मंगलबार
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
२०८३ श्रावण २६, मंगलबार
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
२०८३ श्रावण २६, मंगलबार
इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
२०८३ श्रावण २६, मंगलबार