श्रावण २६, २०८३ मंगलबार August 11, 2026

इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प

तेहरानलाई आफ्नै कार्यका कारण हुने हताहतका लागि जवाफदेही बनाउनुपर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वासिङ्टन डिसी २६ साउन (रासस/एएनआई): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग शतप्रतिशत अमेरिकी नियन्त्रणमा भएको दाबी गर्दै इरानले गरेको क्षतिको क्षतिपूर्ति इरानले तिर्नुपर्ने बताउनुभएको छ ।

ओभल अफिसमा पत्रकारहरूसँगको साक्षात्कारमा बोल्दै ट्रम्पले स्ट्रेट अफ हर्मुजमा अमेरिकी नौसेनाको नाकाबन्दी कायम रहेको र जलमार्ग अमेरिकी नियन्त्रणमा रहेको बताउनुभएको हो । इरानसँगको असमझदारीका बारेमा बोल्दै ट्रम्पले तेहरानले अमेरिकी कारबाहीका कारण भएको क्षतिपूर्तिको माग गरेको उल्लेख गर्दै वासिङ्टनले पनि इरानसँग क्षतिपूर्तिको माग गर्ने बताउनुभयो ।

यसअघि, ट्रम्पले देशमा अमेरिका–इजरायली सैन्य कारबाहीका क्रममा भएको आर्थिक क्षतिपूर्तिका लागि इरानको मागलाई अस्वीकार गर्दै यसको सट्टा तेहरानलाई आफ्नै कार्यका कारण हुने हताहतका लागि जवाफदेही बनाउनुपर्ने बताउनुभएको थियो ।

सामाजिक सञ्जालमा क्षतिपूर्तिका लागि इरानको मागलाई ‘रोचक विचार’ का रूपमा वर्णन गर्दै ट्रम्पले भविष्यको कूटनीतिक वार्तामा अमेरिकाको प्रति–माग प्रस्तुत गर्ने सङ्केत गर्नुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउनु ‘ठूलो गल्ती’ हुने ट्रम्पको भनाइ
२०८३ श्रावण २६, मंगलबार
विद्यालयमै प्रधानाध्यापकले छात्रामाथि बलात्कार गरेको आरोप
२०८३ श्रावण २६, मंगलबार
गणपुरक सङ्ख्या नपुगेपछि खानी तथा खनिज पदार्थ विधेयक निर्णायार्थ पेश हुन सकेन
२०८३ श्रावण २६, मंगलबार
एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय
२०८३ श्रावण २६, मंगलबार
एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
२०८३ श्रावण २६, मंगलबार
सभामुख अर्यालसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
२०८३ श्रावण २६, मंगलबार
इरानले गरेको क्षतिको मूल्य चुकाउनुपर्छ : ट्रम्प
२०८३ श्रावण २६, मंगलबार