बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

कोरोना संक्रमणका कारण भारतमा थप ८ जना नेपालीको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना भाइरस संक्रमणको कारण विदेशमा थप आठ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना भाइरस संक्रमणका कारण आठ जना नेपाली ज्यान गएको हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिवार साँझसम्म कोरोना संक्रमणका कारण निधन हुने नेपाली संख्या २९३ जना पुगेको छ ।

संघका अनुसार विश्वभर ४४ देशमा अनुमानित ४५ हजार ४३९ जना  नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये अनुमानित ४१ हजार ४३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा कोरोनामुक्त हुने नेपालीको संख्या ९१ प्रतिशत रहेको छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार, युके, स्पेन, अष्ट्रिया, जर्मनी, भारत, युएई, कतार र साउदी अरबमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

यो साता नेपालमा मात्र दुई लाख ६ हजार ३५३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने तीमध्ये एक लाख ६८ हजार १२९ जना  कोरोना संक्रमण भएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्या ८१ दशमलव पाँच प्रतिशत रहेको छ । शनिवार साँझसम्म नेपालमा एक हजार २१५ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार
सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी
२०८३ बैसाख १८, शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख १८, शुक्रबार
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार