बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

महामारी अन्त्यका लागि खोपले मात्रै पुग्दैन : टेड्रोस अधानम

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्वमा कोरोना भाइरस संक्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुख टेड्रोस अधानम घेब्रेयससले सोमवार बताएका छन् ।

महामारीले कैयौ महीनादेखि विश्वलाई प्रभावित पार्दै आएको छ र अहिलेसम्म पाँच करोड ४० लाखभन्दा बढी व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका छन् भने १३ लाखभन्दा बढी व्यक्तिको जीवन गुमिसकेको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानम घेब्रेयससले भने, ‘खोप महामारी नियन्त्रणका लागि हामीसँग रहेका अन्य उपायमा एक सहायक भूमिका खेल्ने हो । यसले उनीहरूलाई विस्थापित गर्न सक्दैन । खोप आँफैले मात्र महामारीलाई अन्त्य गर्न सक्दैन ।’

विश्व स्वास्थ्य संगठनको  शनिबारको तथ्यांक अनुसार विश्वमा गत शुक्रबारको २४ घण्टामा छ लाख ४५ हजार ४१० व्यक्तिमा संक्रमण पुष्टि भएको र यस पहिलेको संक्रमितको उच्चतम संख्या नोभेम्बर ७ मा छ लाख १४ हजार १३ पुगेकोमा यो रेकर्ड शुक्रवार तोडिएको हो ।

टेड्रोसले खोपको आपूर्ति सुरुमा नियन्त्रितरूपमा वितरण हुने र यसको प्राथमिकतामा स्वास्थ्यकर्मी, उमेर घर्केका (पाका) व्यक्ति र अन्य जोखिममा रहेको जनसंख्या रहनुपर्ने बताए । यसबाट संक्रमितको मृत्युदरमा नियन्त्रण गर्ने र स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउनेमा उनले जोड दिए ।

यसले कोभिड–१९ संक्रमण दरलाई अझै प्रभाबकारी रूपमा नियन्त्रण गर्न कठिनाई हुनसक्छ । अनुगमन र परीक्षण अझै बढाउँदै विरामीलाई समुदायको सम्पर्कबाट टाढा राख्नु र हरेक व्यक्तिले सावधानी अपनाउनु नियन्त्रणको प्रभावकारी एक अर्को उपाय हुन सक्छ । रासस /एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार
सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी
२०८३ बैसाख १८, शुक्रबार
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
२०८३ बैसाख १८, शुक्रबार
वैशाख शुक्ल पूर्णिमा : भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उभौली पर्व
२०८३ बैसाख १८, शुक्रबार