बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

अफगानिस्तानमा आतंककारीको धरापमा पारि जिल्ला प्रहरी प्रमुखसहित पाँच जनाको हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अफगानिस्तानको फरयाब प्रान्तमा बुधबार भएको एक हिंसात्मक हमलामा परी कम्तीमा पनि पाँच जनाको ज्यान गएको एक समाचारमा जनाइएको छ ।

फरयाब प्रान्तको कराकुल भन्ने जिल्लामा सडक किनारामा राखिएको बम विस्फोट गराएर आतंककारीहरुले एकजना प्रहरी प्रमुखसहित पाँच जनाको ज्यान लिएका हुन् । उक्त जिल्लामा सवारी साधनलाई लक्ष गरेर सडकको किरानामा बम राखिएको थियो । त्यो बम विस्फोट हुदा सवारीमा रहेका रहेका कराकुल जिल्लाका प्रहरी प्रमुख मोहमद विदार मारिएका छन् ।

उनी सहित सो आक्रमणमा परेर अरु चार जनाको पनि ज्यान गएको फरयाब प्रान्तका प्रान्तीय प्रमुखले बुधबार एक समाचारमा जनाएका छन् । फरयाब प्रान्तका प्रहरी प्रवक्ता अब्दुल कारिमले सो घटनाको पुष्टि गरेको बताइएको छ । उनले कराकुल जिल्लाका प्रहरी प्रमुख मोहमद विदारीको विस्फोटमा परेर ज्यान गएको स्थानीय सञ्चारमाध्यहरुहलाई जानकारी दिएका हुन् ।

सो विस्फोटक हमलाको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी भने लिएको छैन । तर अफगानिस्तानको सुरक्षा निकायले भने सो हमलामा तालिबानी समूहका लडाकूहरुको हात रहेको अनुमान गरेका छन् ।
उक्त तालिबानी समूहले पनि यस घटनाका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया भने दिएको छैन । तालिबानीहरुले युद्धविराम गरेर अफगानिस्तानको सरकारसँग वार्ता गरेको भनिएको भए पनि यता अफगानिस्तानमा हिंसा गर्न भने छोडेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार
सीमा सुरक्षादेखि ‘डिजिटल’रूपान्तरणमा सशस्त्र प्रहरी
२०८३ बैसाख १८, शुक्रबार