असार ५, २०८३ शुक्रबार June 19, 2026

सत्तामा जाने-नजाने भन्ने विषय हाम्रो हातमा छैन- डा. मिनेन्द्र रिजाल (अन्तर्वार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नेकपा फुटको संघारमा पुगेका वेला प्रधानमन्त्रीले सभापति देउवालाई भेटेर सत्ता गठबन्धनको अफर गर्नुभएको छ । यसबारे तपाईंको टिप्पणी के छ ? 

यसबारेमा मलाई केही पनि जानकारी छैन । सभापतिजीले केही पनि भन्नुभएको छैन । म एउटा सांसद भएको हिसाबले संसद्मा मैले सक्नेसम्मको आफ्नो भूमिका निभाएको छु । तथापि अहिले मेरो तहसम्म यो विषयमा जानकारी दिनु नपर्ने अवस्था हुनुको अर्थ सत्ता गठबन्धनबारे भरपर्दो कुराकानी भएको हो जस्तो मलाई लागेको छैन । प्रधानमन्त्री ओलीले यसअघि पनि पार्टी फुट्न सक्ने सम्भावना हुँदाखेरि पार्टीभित्र आफ्ना विपक्षीहरूलाई आफूसँग सम्झौता गर्न बाध्यात्मक परिस्थिति सिर्जना गर्न विपक्षीसँग पनि मिल्न सक्ने मेरो सम्भावना छ, मसँग त्यो बाटो छ भन्ने एउटा परिस्थिति निर्माण गरेर दबाब सिर्जना गर्नुभएको थियो । र, त्यस किसिमको सफलता उहाँलाई प्राप्त पनि भयो । तर, त्यो वेला पनि सत्ता गठबन्धनका विषयमा प्रधानमन्त्रीजीसँग कांग्रेसको कुराकानी भएको थिएन । अहिले पनि त्यस्तै परिस्थिति भएकाले आफ्नो फाइदाका लागि पार्टीमा दबाब सिर्जना गर्न खोज्नुभएको हो जस्तो लाग्छ ।

प्रधानमन्त्रीले चाहनेबित्तिकै सभापति देउवा बालुवाटार पुग्नुभयो । के कांग्रेस सत्तामा जान तयार भएको हो त ? 

कसरी त्यस्तो हुन्छ ? सत्तामा हामी जाने–नजाने भन्ने विषय नै हाम्रो हातमा छैन त । पहिले कम्युनिस्ट पार्टी एउटाको सट्टा दुईवटा पार्टी हुनुप¥यो । अनि दुईवटा कम्युनिस्ट पार्टीले सत्ताका लागि सहयोग गर्नुप¥यो भनेर आह्वान गर्नुपर्यो । त्यसपछि मात्रै सत्ता गठबन्धनको कुरा आउने हो । त्यसैले बच्चा जन्मिने कुरा कहाँ छ, कन्दनी बाट्ने कुरा त मूर्खता मात्रै त हो ।

तपाईंलाई याद दिलाउँ, हाम्रो संवैधानिक व्यवस्था नै के छ भने संसद्मा बहुमत प्राप्त संसदीय दलको नेता मात्र प्रधानमन्त्री बन्न सक्छ । त्यही व्यवस्थाअन्तर्गत प्रधानमन्त्री ओली आजको दिनमा प्रधानमन्त्री हुनुहुन्छ । उहाँ हट्नका लागि या त उहाँलाई नेकपा संसदीय दलले दलको नेताबाट विस्थापित गर्नुपर्यो, र अर्को नेता भएर प्रधानमन्त्री हुने भयो । या त संसद्मा नेकपाको बहुमत नहुनुपर्यो । त्यसपछि त बल्ल सत्ता गठबन्धनको कुरा आउने हो । मचाहिँ अहिले दुवै परिस्थिति देख्दिनँ । अहिले नेकपाभित्र पनि उहाँमाथि विश्वास छैन भनेर अविश्वासको प्रस्ताव दर्ता भएको छैन । र, नेकपा अहिले पनि बहुमत प्राप्त दल भएको हुनाले कांग्रेससँग सत्ता गठबन्धन हुने कुरा टाढाको विषय हो ।

सभापति देउवाले प्रधानमन्त्रीलाई पटक–पटक भेट गर्दै आउनुभएको छ । विपक्षी दलको नेताले बारम्बार प्रधानमन्त्रीलाई भेटेर के गर्न खोज्नुभएको हो ? 

होइन, विपक्षी दलको नेताले प्रधानमन्त्रीलाई भेट्नै नहुने हो जस्तो मलाई लाग्दैन । पार्टी सभापतिलाई मैले दिने सुझाब यति मात्रै हो कि भेटघाट भइसकेपछि उहाँको सचिवालय नभए पार्टीमार्फत भेटमा भएको यथार्थ कुरा बाहिर सार्वजनिक भएको भए नचाहिँदो हल्ला फैलिने थिएन । र, त्यसले पार्टीको हित रक्षा हुन्थ्यो भन्ने मलाई लाग्छ । आधिकारिक रूपमा जानकारी गराउनुको सट्टा खालि एक–दुई लाइन सामाजिक सञ्जालमा लेखेर पार्टीका पदाधिकारीले स्पष्टीकरण दिने कुरा होइन । विज्ञप्तिमार्पmत यथार्थ सार्वजनिक गर्नुपथ्र्यो । यसमा व्यवस्थापकीय कमजोरी भएको भन्ने लाग्छ । यो भेटले प्रधानमन्त्रीजीलाई पार्टीभित्र सुविधा मिल्नेबाहेक अरू केही हो जस्तो लाग्दैन । उहाँ सत्ताको प्रतिरक्षाका लागि निपुण खेलाडी हुनुहुन्छ । सत्तामा आफूलाई मजबुद बनाउनका लागि विपक्षीलाई देखाएर दबाब सिर्जना गर्ने उहाँको टेक्निकभन्दा बाहेक मैले बुझेको छैन ।

अनि जनताले चुनावमार्फत कांग्रेसलाई जुन जिम्मेवारी दिएका थिए, त्यो यसैगरी पूरा हुन्छ त ? कांग्रेसको जिम्मेवारी यस्तै हो ? 

कांग्रेसलाई जनताले प्रतिपक्षीको भूमिका दिएका हुन् । हामीले त्यो भूूमिका निर्वाह गरेका छौँ । अहिले खालि के भने कम्युनिस्टप्रति झुकाब राख्नेहरूलाई कम्युनिस्टको सत्ता जोगाउनका लागि कांग्रेस पनि उपयोग भइदेओस् भन्ने होला । म एउटा सांसदको रूपमा संसद्मा प्रधानमन्त्रीको, सरकारको त मैले जानेसम्म कडै आलोचना गरिरहेकै छु त । तर, असल प्रतिपक्ष बन्न अहिले नेकपाका अर्का अध्यक्ष प्रचण्डको प्रशंसा गर्नुपर्छ भने प्रशंसाका दुई–चार वाक्य बोल्न म तयार छु ।

त्यसो भए कारणवश नेकपा फुट्यो भने कांग्रेस सरकारमा जान्छ ? 

त्यो त्यतिबेलै छलफल हुने कुरा हो । त्यो पुल हामी त्यही वेला तर्छौ, जुनवेला हामी त्यहाँ पुग्छौँ । हामीले फुटाएर नेकपा फुट्ने होइन नि । उहाँहरू आफ्नै कारणले फुट्न सक्नुहोला । न हाम्रो कारणले जोडिनुभएको हो न फुट्नुहुन्छ । मलाई त उहाँहरू फुट्नुहुन्छ जस्तो नै लाग्दैन । खासगरी दोस्रो तहका नेताहरूले धेरै मिहिनेत गरेर पार्टीलाई जोड्नुभएको छ । अहिले पार्टी फुट्ने कुराले उहाँहरूको भविष्यमै निकै फरक पर्ने कुरा हुन्छ । त्यसैले उहाँहरू लागेर पार्टीलाई एकताबद्ध राख्नलाई कोसिस गर्नुभएको देख्छु । पहिले पनि उहाँहरू एकता कायम राख्न सफल हुनुभयो, अहिले पनि उहाँहरू एकता कायम गर्न सफल हुनुहोला भन्ने मलाई लाग्छ ।

यो भेटलाई लिएर कांग्रेसले अस्थिरता निम्त्याउन भूमिका खेल्यो भन्ने आरोप पनि छ नि ? 

त्यसो होइन । जनतालाई स्थिर सरकार दिन नसक्नेहरूले पनि जनतालाई जवाफ दिनुपर्यो नि । स्थिर सरकार दिन्छु भनेर नसक्दाखेरि जनतालाई के जवाफ दिने ? पहिले यसको जवाफ त नेकपाले दिनुप¥यो ? त्यसपछि बल्ल हाम्रो कुरा आउँछ । हामी त त्यो सत्ता संरचनामै छैनौँ, टाढा छौँ । हामी त त्यहाँसम्म पुग्छौँ जस्तै लाग्दैन । अझै पनि मलाई त कम्युनिस्ट पार्टी फुट्छ जस्तो नै लाग्दैन । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनको मूल्य एकैदिन ह्वात्तै घट्यो
२०८३ असार ५, शुक्रबार
नवनिर्मित अस्पताल भवन गाउँपालिकालाई हस्तान्तरण
२०८३ असार ५, शुक्रबार
‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो
२०८३ असार ५, शुक्रबार
कक्षा १२ को नतिजा सार्वजनिक, नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ असार ५, शुक्रबार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय
२०८३ असार ५, शुक्रबार
हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण
२०८३ असार ५, शुक्रबार
पोखरा महानगरको नीति कार्यक्रमः एक पर्यटक एक मित्र अभियान चलाइने
२०८३ असार ५, शुक्रबार