असार २३, २०८२ सोमबार July 7, 2025

कक्षा १२ को परीक्षा आजदेखि सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आज मंगलवारदेखि सुरु गरेको छ । देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा बिहान आठ बजेबाट परीक्षा सञ्चालन भएको छ ।

देशभरका परीक्षा केन्द्र मध्ये ६ सय १७ केन्द्रमा प्रश्नपत्र छपाई गरी पुर्‍याइएको छ भने अन्य केन्द्रमा इमेलमार्फत प्रश्नपत्र पठाइएको छ । कक्षा १२ को परीक्षामा सहभागि हुने सबै विद्यालयमा होमसेन्टर कायम गरिएको छ ।

यस वर्षको परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थी सहभागी छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ८ वैशाखबाट सञ्चालन हुने गरी परीक्षा तय भएको थियाे । तर कोभिड–१९ का कारण परीक्षा स्थगित भएको थियो ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कोभिड संक्रमणको जोखिम हुने भएकाले भौतीक दुरी कायम गरी स्वास्थ्यसम्बन्धी मापदण्ड पुरा गरेर परीक्षा सञ्चालन गरेको बताए ।

बोर्डले ४० प्रतिशत मूल्यांकनका लागि परीक्षा लिँदैछ । बाँकी ४० प्रतिशत मूल्यांकनमा कक्षा–११ को नतिजालाई आधार बनाइनेछ भने २० प्रतिशत आन्तरिक मूल्यांकन हुने भएको छ । परीक्षा बिहान ८ देखि साढे ९ बजेसम्म डेढ घण्टा सञ्चालन हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया