असार २२, २०८२ आइतबार July 6, 2025

सुर्खेत विमानस्थलको दोस्रो विस्तार निश्चित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सुर्खेत विमानस्थलको दोस्रो विस्तार सुनिश्चित भएको छ । धावन मार्ग विस्तारका लागि मन्त्रिपरिषद् बैठकबाट ३० बिघा जग्गा अधिग्रहण गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति पाएसँगै दोस्रोपटक विस्तार हुने निश्चित भएको हो ।

एक हजार २५५ मिटर लम्बाइ रहेको विमानस्थल साँघुरो र धावन मार्ग छोटो भएको भन्दै कम्तीमा तीन सय मिटर विस्तार गर्न आवाज उठिरहेकामा हालैको मन्त्रिपरिषद्को बैठकले जग्गा अधिग्रहण गर्न स्वीकृति दिएपछि अब धावन मार्ग कम्तीमा एक हजार पाँच सय मिटर लामो बनाउन सकिने भएको छ । यससँगै साना तथा ठूला जहाज पनि उडान तथा अवतरण गर्न सहज हुने विश्वास गरिएको छ ।

मन्त्रिपरिषद्ले जग्गा अधिग्रहण गर्न स्वीकृति दिए पनि विमानस्थल विस्तारमा केही चुनौती भने अझै देखिएको छ । दक्षिणतर्फ रत्न राजमार्ग र काँक्रेविहार डाँडा रहेको छ भने उत्तरतर्फ विद्यालय तथा बाक्लो बस्ती छ । दक्षिणमा काँक्रेविहारको डाँडाले गर्दा सम्भव नभएकाले उत्तरतर्फ विद्यालय तथा बस्ती हटाएर भए पनि विस्तार गर्नुपर्ने आवाज विगतमा उठेको थियो ।

धावन मार्ग विस्तारका लागि सङ्घीय सरकार र कर्णाली प्रदेश सरकारबीच गत असोज १५ गते सम्झौता भएको थियो । जसमा दुवै सरकारले ५०÷५० प्रतिशत लगानी गर्ने उल्लेख छ । जग्गा अधिग्रहणका लागि लाग्ने रकममा प्रदेश र सङ्घीय सरकारले आधा–आधा बेहोर्ने बताइएको छ ।

सुर्खेत विमानस्थल विस्तारको माग गर्दै आएको निजी क्षेत्रले पनि मन्त्रिपरिषद्को निर्णयको स्वागत गर्दै अब जग्गा अधिग्रहणको कामसँगै विस्तारको काम पनि थाल्न आग्रह गरेको छ । वर्षौंदेखि निजी क्षेत्रले सुर्खेत विमानस्थल विस्तारको माग गर्दै आएको र अहिले विस्तार गर्न जग्गा अधिग्रहण गर्न स्वीकृति दिएपछि प्रदेशमा हवाई यातायातको चाप बढ्ने जनाएको छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार