असार २१, २०८२ शनिबार July 5, 2025

चितवन मेडिकल कजेल तोडफोड गर्ने एक दर्जन प्रदर्शनकारी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा नवलपरासीकी बिरामी आशा ज्ञवालीको शल्यकृया गर्ने क्रममा मृत्यु भएपछि चितवन मेडिकल कलेज तोडफोड गरेको आरोपमा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।

आइतबार मेडिकल कलेज तोडफोड गर्ने १ महिला सहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकका आफन्तले अस्पतालको आइसियु, सिसियु, गेट लगायतका क्षेत्रमा तोडफोड गरेका थिए।

पक्राउ परेकाहरु विरुद्ध सोमबार मेडिकल कलेजले जाहेरी दिएको थियो । सोही जाहेरीको आधारमा प्रहरीले थप अनुसन्धान गरेर कारबाही गर्ने तयारी गरेको जनाएको छ । प्रहरीले पक्राउ गरेका ११ जना विरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

क्षतिको परिमाणको आधारमा उनीहरुलाई सांगठनिक अपराधमा समेत मुद्दा चलाउन सकिने प्रहरीले जनाएको छ । एसपी मल्लका अनुसार भोलीका दिनमा पनि यस्ता घटना दोहोरिन नदिन तोडफोड गर्ने जुनसुकै समुहलाई कानूनी दायरामा ल्याएरै छाड्ने बताएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार