असोज १५, २०८३ बिहिबार October 1, 2026

चितवन मेडिकल कजेल तोडफोड गर्ने एक दर्जन प्रदर्शनकारी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः चितवन मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचारका क्रममा नवलपरासीकी बिरामी आशा ज्ञवालीको शल्यकृया गर्ने क्रममा मृत्यु भएपछि चितवन मेडिकल कलेज तोडफोड गरेको आरोपमा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ ।

आइतबार मेडिकल कलेज तोडफोड गर्ने १ महिला सहित ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मृतकका आफन्तले अस्पतालको आइसियु, सिसियु, गेट लगायतका क्षेत्रमा तोडफोड गरेका थिए।

पक्राउ परेकाहरु विरुद्ध सोमबार मेडिकल कलेजले जाहेरी दिएको थियो । सोही जाहेरीको आधारमा प्रहरीले थप अनुसन्धान गरेर कारबाही गर्ने तयारी गरेको जनाएको छ । प्रहरीले पक्राउ गरेका ११ जना विरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

क्षतिको परिमाणको आधारमा उनीहरुलाई सांगठनिक अपराधमा समेत मुद्दा चलाउन सकिने प्रहरीले जनाएको छ । एसपी मल्लका अनुसार भोलीका दिनमा पनि यस्ता घटना दोहोरिन नदिन तोडफोड गर्ने जुनसुकै समुहलाई कानूनी दायरामा ल्याएरै छाड्ने बताएका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार