बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

बर्दिवास घटनाः संयुक्त राष्ट्रसंघद्वारा कडा शब्दमा भर्त्सना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्त राष्ट्रसंघले महोत्तरीको बर्दिवास नगरपालिकामा ६ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाको कडा शब्दमा भर्त्सना गरेको छ। नेपालस्थित राष्ट्रसंघको आवासीय संयोजकको कार्यालयले आज एक विज्ञप्ति जारी गर्दै बर्दिवास घटनाको भर्त्सना गरेको हो।

“बर्दिवासमा ६ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनाको नेपालस्थित राष्ट्रसंघको कार्यालय कडा शब्दमा भर्त्सना गर्दछ,” विज्ञप्तिमा भनिएको छ, “हामी सम्बन्धित अधिकारीहरूलाई बाँकी प्रक्रियाको पालना गर्न र दोषीलाई कारबाही हुने सुनिश्चितता गर्न आग्रह गर्दछौं।”

उक्त घटना लैंगिक आधारमा हुने हिंसाविरूद्धको १६ दिने अभियानका क्रममा भएको थियो। यो घटनाले महिला र किशोरीहरूको सुरक्षामा गम्भीर हुन अत्यन्त आवश्यक रहेको पुष्टि गरेको जनाइएको छ।

पीडितका आवश्यकता पूरा गर्न र दोषीलाई कारबाही गर्न आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्न राष्ट्रसंघ तयार रहेकोसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ। राष्ट्रसंघले यस्ता घटनाका पीडित र पीडित परिवारको सबै प्रकारका आवश्यकताहरू पूरा गर्नुपर्ने जनाएको छ।

राष्ट्रसंघले प्रदर्शनकारी र सुरक्षा निकायलाई आफ्नो आवाज जिम्मेवारीपूर्वक उठाउन र परिस्थितिलाई अझ बढाउनबाट रोक्न संयम अपनाउनसमेत आग्रह गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार