असोज १२, २०८३ सोमबार September 28, 2026

अलाभेससँग रियल म्याड्रिड २-१ ले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः स्पेनिस च्याम्पियन रियल म्याड्रिडले घरेलु मैदानमा अलाभेससँग हार बेहोरेको छ । डिफेन्समा कमजोर प्रदर्शन गरेको रियल २-१ ले पराजित भएको हो ।

खेलको पाँचौ मिनेटमा नै पाहुना टोली अलाभेसले पेनाल्टीमा अग्रता लिएको थियो । नाचो फर्नान्डेजले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । लुकास पेरेजले उक्त पेनाल्टीको सदुपयोग गर्दै १-० को अग्रता दिलाए ।

दोस्रो हाफको ४९ औं मिनेटमा अलाभेसले अग्रता दोब्बर पार्यो । गोलरक्षक थिबाउट कोर्टुवाले क्लियर गरेको बल सिधै जोसेलुको खुट्टामा पुगेपछि उनले पेनाल्टी क्षेत्र बाहिरबाट सिधै गोल गरेका थिए । त्यसअघि पेरेजले वन भर्सेस वनको स्थितिमा गरको प्रहारलाई सुन्दर बचाउ गर्दै कोर्टुवाले अग्रता बढाउन दिएका थिएनन् ।

निर्धारित समयको ५ मिनेट बाँकी रहँदा रियलले गोल फर्काएर पुनरागमन गर्ने संकेत देखायो । क्यासेमिरोले ६ यार्ड बक्स भित्रबाट गोल गर्दै गोल अन्तर कम गरेका थिए । तर इन्ज्युरी समयको अन्तिम मिनेटमा इस्कोको प्रहार क्रसबारमा लागेर बाहिरीएपछि रियलको आशा समाप्त भएको थियो ।

खेलका दौरान रेफ्रीले इडेन हाजार्ड र मार्सेलोविरुद्ध भएको फललाई पेनाल्टी नदिएको भन्दै रियलका खेलाडीले असन्तुष्टि समेत जनाएका थिए । पहिलो हाफमा नै विंगर हाजार्ड चोटका कारण मैदान छाड्न बाध्य भएका थिए । उनको स्थानमा २८ औं मिनेटमा रोड्रीगो मैदान प्रवेश गरेका थिए ।

यस हारले रियल म्याड्रिड अंक तालिकाको चौथो स्थानमा सिमित रहेको छ । रियलको १० खेलमा ५ जित, २ बरर र ३ हारसहित १७ अंक छ । अलाभेस भने ११ खेलमा १३ अंकसहित नवौं स्थानमा छ । शीर्ष दुई स्थानमा रहेका रियल सोसीडाड र एटलेटिको म्याड्रिडको २३-२३ अंक छ । एटलेटिकोले ९ तथा सोसीडाडले १० खेल खेलेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापति ट्रफि शुभारम्भ
२०८३ असोज १२, सोमबार
अध्यक्ष लिङ्देनको अभिव्यक्तिविरुद्ध राप्रपाकै सात सांसद अदालत पुगे
२०८३ असोज १२, सोमबार
विशिष्ट व्यक्तिको पक्राउ नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड
२०८३ असोज १२, सोमबार
देउवा कांग्रेसले महाधिवेशनमा पदाधिकारीको उम्मेदवार बन्न तोक्यो शुल्क, सभापतिका लागि ३० हजार
२०८३ असोज १२, सोमबार
सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे
२०८३ असोज १२, सोमबार
शिक्षामन्त्री पोखरेलसँग रुसका राजदूतको शिष्टाचार भेट
२०८३ असोज १२, सोमबार
पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिएको घटनामा सर्वोच्चको गम्भीर ध्यानाकर्षण
२०८३ असोज १२, सोमबार