बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

भारतमा कोरोना संक्रमितको कुल संख्या ९३ लाख ९२ हजार ९२० नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ९३ लाख ९२ हजार ९२० नाघेको केन्दीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।

भारत कोरोना भाइरसबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित भएको राष्ट्र हो।

भारतमा १३ करोड ९५ लाख ३ हजार ८०३ जना व्यक्तिको कोरोना भाइरसको परीक्षण भएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आइसीएमआर) ले जानकारी दिएको छ।  हिजो मात्र १२ लाख ८३ हजार ४४९ जनाको परीक्षण गरिएको छ।

भारतमा पछिल्लो २४ घण्टामा थप ४९६ जना कोरोना संक्रमणको कारण मृत्यु भएपछि भारतभर कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख ३६ हजार ६९६ पुगेको छ।

त्यहाँ कोरोना भाइरस सुरू भएयता भएका सम्पूर्ण संक्रमितहरु मध्ये ८८ लाख दुई हजार २६७ व्यक्ति संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।

भारको महाराष्ट्र,दिल्ली र केरला कोरोना महामारीबाट बढी प्रभावित राज्यको रूपमा रहेको छ। रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार