असार २३, २०८२ सोमबार July 7, 2025

युरोपा लिग-टोटेनहम हटस्पर नकआउट चरणमा प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इंग्लिस क्लब टोटेनहम हटस्पर युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति अष्ट्रियन क्लब लास्कसँग तीन तीन गोलको बराबरीमा रोकिएपनि टोटेनहमले अन्तिम ३२ मा स्थान पक्का गरेको हो ।

समूह ‘जे’ मा टोटेनहमले ५ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा रहेर नकआउट चरणमा स्थान बनाउन सफल भएको हो । शीर्षस्थानमा रहेको रोयल एन्टवेर्पको १२ अंक छ ।

लास्कको ७ तथा लुडोगोरेट्स राजग्राडले अंक जोड्न सकेको छैन । खेलको ४२औं मिनेटमा मिचर्लको गोलबाट घरेलु टोली लास्कले एक शुन्यको अग्रता लिएको थियो । खेलको ४५औं मिनेटमा ग्यारेथ बेलले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

लुकास मोउराको क्रसलाई पेनाल्टी बक्समा एन्डराडेले ह्यान्ड गर्न पुगेपछि रेफ्रीले टोटेनहमलाई पेनाल्टी दिएका थिए । जसलाई बेलले गोलमा परिणत गर्न सफल भए । त्यस्तै खेलको ५६औं मिनेटमा टांगी एनडोम्वेलेको पासमा ह्युङ मिन सनले गोल गर्दै टोटेनहमलाई २–१ को अग्रता दिलाए ।

खेलको ८४औं मिनेटमा जोहाननेस इगेस्टिनले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । खेलको ८७औं मिनेटमा डेल अलीले पेनाल्टीमार्फत गोल गरेपछि टोटेनहमले खेलमा पुनः ३–२ को अग्रता लिएको थियो ।

तर खेलको ९०औं मिनेटमा मामोउडोउ कारामोकोले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए ।

यही समूहको अर्को खेलमा बेल्जियन क्लब रोयल एन्टवेर्पले बुल्गेरियन क्लब लुडोगोरेट्स राजग्राडमाथि ३–१ गोल अन्तरको जित निकाल्दै समूहमा शीर्षस्थानमा यथावत रहन सफल भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार