बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

पशुपति आर्यघाटमा आन्दोलन, शव जलाउने काम बन्द गर्ने घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । घाट सेवा केन्द्रका कर्मचारीहरुले पशुपति आर्यघाटमा शव जलाउनेलगायतका काम बन्द गर्ने घोषणा गरेका छन् । शव जल्न बन्द हुने स्थिति आएपछि पशुपति क्षेत्र विकास कोषले आन्दोलनरत पक्षसँग वार्ता थालेको छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले भने, ‘समस्या समाधानको लागि हामी अहिले वार्तामा छौं ।’

सेवासुविधा वृद्धिको माग राख्दै घाट सेवा केन्द्रका कर्मचारीहरुले आन्दोलन थालेका हुन् । उनीहरुले बुधबार बिहान ६ बजेदेखि अनिश्चितकालका लागि शवदाह गर्ने, दाउरा बोक्ने, खाडल खन्नेलगायतका सबै कामहरु बन्द गरेको सूचनासहितको कालो ब्यानर आर्यघाट क्षेत्रमा राखेका छन् ।

घाट सेवा केन्द्रका कर्मचारीहरुले काम बन्द गर्ने घोषणा गरे पनि बिहान केही शवहरु जलाएको देखिन्थ्यो ।

पशुपति आर्यघाटमा दैनिक झण्डै एक सय वटा शव जल्ने गर्दछन् । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। ढकालले कर्मचारीको आन्दोलनबाट शवदाहमा केही समस्या आए पनि ठप्प भने नहुने बताएका छन । उनले भने, ‘हामीसँग विद्युतीय शवदाह गृह पनि छ । त्यसबाट पनि काम हुन्छ ।’

हाल विद्युतीय गृहमा शवदाहका लागि दुई वटा मेसिन छन् । दुवै मेसिनको दैनिक २२ वटासम्म शव दाह गर्ने क्षमता छ ।

घाट सेवाकेन्द्रमा शव जलाउने कार्यमा ४९ कर्मचारी छन् । उनीहरुले एक जलाएबापत १ हजार ६० रुपैयाँ पाउँछन् । यो शुल्क कम भएकाले त्यसलाई बढाएर १ हजार ५ सयदेखि २ हजारसम्म बनाउनुपर्ने उनीहरुको माग छ ।

अहिले पशुपति क्षेत्र विकास कोषले ६० वर्ष पुगेका कर्मचारीलाई १ लाख ५० हजार उपदानसहित बिदा दिने निर्णय पनि गरेको छ । तर आन्दोलनरत कर्मचारीहरू यसको विरोधमा छन् । काम गर्न सक्ने कर्मचारीलाई काम गर्न दिइरहने र उपदान १० लाख बनाउनु पर्ने माग उनीहरुको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
‘उभौली पर्वले हामी सबैलाई संविधानको रक्षा र संरक्षण गर्न प्रेरणा मिलोस्’ : अध्यक्ष नारायण दाहाल
२०८३ बैसाख १८, शुक्रबार