बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

अमेरिका र तालिवान समूहबीच बाँकी कैदी रिहाइका लागि छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः संयुक्त राज्य अमेरिका र अफगानी तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन कतारको दोहामा छलफल सुरु भएको छ ।तालिवान समूहको वार्ता टोलीका प्रवक्ता मोहम्मद नयीमले छलफलबारे जानकारी गराएका छन् ।

अफगानिस्तानसँगको मेलमिलापका लागि अमेरिकी विशेष प्रतिनिधि जलमे खलिलजादले तालिवान समूहका उप-नेता मुल्लाह बाराडर तथा प्रमुख वार्ताकार अब्दुल हाकिमले अमेरिका-तालिवान शान्ति प्रक्रिया तथा बाँकी कैँदीको रिहाईका लागि हालै दोहामा छलफल भएको उनले जानकारी दिए ।

खलिलजादले ट्वीट गर्दै उक्त कुराको पुष्टि गरेका छन् । प्रवक्ता नयीमको ट्वीटमा भनिएको छ, ‘वार्तामा शान्ति सम्झौता, शक्ति पृथकीकरण र तालिवानसँगको स्थायी तथा वृहद् युद्धविरामका लागि नेताहरूको समिति बनाइएको र यो इस्लामिक गणतन्त्र अफगानिस्तानमा शान्ति वार्ताका लागि भरपर्दो र प्रभावशाली समिति हुने विश्वास गरिएको छ ।’

अफगानी विद्रोही तथा सत्ताधारी समूहले शान्ति प्रक्रियाका कामलाई निरन्तरता दिइरहेको र यो अफगानी युद्ध अन्त्यका लागि निकै सकारात्मक तथा विश्वासिलो आधार भएको उनले जनाएका छन् ।

यसैबीच अमेरिकी विदेश मन्त्रालयले वार्ताका लागि नेतृत्व समिति निर्माण भएकोमा यसको स्वागत गरेको छ ।

समितिको अध्यक्षमा डाक्टर अब्दुल्लाह अब्दुल्लाह रहेको र अफगानी राजनीतिक क्षेत्रका हस्तीहरूले यस समितिलाई सफल पार्ने र अफगानिस्तानमा स्थायी शान्ति हुनेमा अमेरिकाले विश्वास प्रकट गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार