बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

“अमेरिकी कम्पनीहरूलाई विस्थापित गर्दै चीनले आफ्नो सामर्थ्य बढायो”- अमेरिकी गुप्तचर प्रमुख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकाका वरिष्ठतम गुप्तचर अधिकारीले द्वितीय विश्वयुद्धयता चीन “प्रजातन्त्र र स्वतन्त्रताका लागि सबैभन्दा ठूलो खतरा” भएको बताएका छन्।

द वाल स्ट्रीट जर्नलमा लेख्दै जोन र्‍याटक्लिफले अमेरिकाका गोप्य सूचना चोर्दै तथा बजारमा अमेरिकी कम्पनीहरूलाई विस्थापित गर्दै चीनले आफ्नो सामर्थ्य बढाइरहेको आरोप लगाएका छन्।

चिनियाँ सामानमाथि शुल्क थप्दै ट्रम्प प्रशासनले चीनप्रति कडा नीति अवलम्बन गरेको छ तथा बौद्धिक सम्पत्ति चोरी गरेको बेइजिङमाथि आरोप लगाउने गरेको छ। चीनले पछिल्लो आरोपबारे कुनै प्रतिक्रिया दिइसकेको छैन।

यद्यपि आफ्ना सामानमाथि शुल्क लगाउने र अमेरिकी बजारबाट आफ्नो दूरसञ्चार कम्पनी ह्वावेईलाई टाढा राख्ने अमेरिकी प्रयासप्रति चीनले कडा प्रतिक्रिया जनाएको छ।

बेइजिङले अमेरिकासँग मुठभेडको तयारी गरिरहेको र “आर्थिक, सैनिक तथा प्राविधिक रूपले” विश्वमाथि हावी हुन खोजिरहेको र्‍याटक्लिफले बताएका छन्। चीनले अमेरिकाका साझेदारहरूमाथि दबाव बढाउँदै लगेको बेला र्‍याटक्लिफका यी टिप्पणीहरू आएका छन्।

क्यान्बराले सुधार गर्नुपर्ने व्यवहारका सूची प्रकाशित गर्दै, अस्ट्रेलियाली मदिरा आयातमा शुल्क थप्दै र अफगानिस्तानमा मानवाधिकार उल्लङ्घनमा अस्ट्रेलियाली सैनिकको संलग्नताको विषय उठाउँदै बेइजिङले उसमाथि दबाव बढाएको हो।

राष्ट्रिय गुप्तचर निकायका निर्देशकले चीन एक प्रकारको आर्थिक जासुसीमा संलग्न भएको भन्दै त्यसलाई “चोर्ने, नक्कल गर्ने र विस्थापित गर्ने” कामको सङ्ज्ञा दिए।

अमेरिकी प्रतिस्पर्धी कम्पनीबाट सूचना चोरेर एउटा चिनियाँ विन्ड टर्बाइन कम्पनी विश्व बजारमा गएकोमा दोषी पाइएको कुरालाई उनले उदाहरणको रूपमा प्रस्तुत गरे।

त्यतिबेला अमेरिकी कम्पनीले शेअर साझेदार गुमाउनुका साथै आफ्ना कर्मचारीलाई परमुक्त गर्नुपरेको थियो। प्रत्येक वर्ष ५०० अर्ब डलर बराबरका अमेरिकी बौद्धिक सम्पत्ति चोरी हुने गरेको र्‍याटक्लिफले बताए।

अमेरिकामा “व्यापक स्तरमा प्रभावित पार्ने अभियान”मा पनि चीन संलग्न रहेको पनि उनले आरोप लगाएका छन्।बेइजिङले “रुसको भन्दा छगुना र इरानको भन्दा बाह्रगुनाले” अमेरिकी कङ्ग्रेसका सदस्यहरूलाई निसाना बनाइरहेको र्‍याटक्लिफले बताए।

अमेरकाले जस्तै अरू देशले पनि चीनबाट चुनौती खेप्नुपरेको उनको भनाइ छ। “विश्व वरीयतामा आफू सबैभन्दा माथि नहुनुलाई चीनले एउटा ऐतिहासिक त्रुटिको रूपमा बुझ्छ,” उनले भने। “त्यसलाई ऊ बदल्न चाहन्छ र विश्वभरि स्वतन्त्रताको गतिलाई उल्टाउन चाहन्छ।”

राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा अमेरिकाले चीनसँग विभिन्न क्षेत्रमा तनाव बढाएको छ। दुवै देशले एकअर्काका सामानमा ठूलो कर लगाएका छन् भने संवेदनशील क्षेत्रका सामान निर्यातमाथि नियन्त्रण गरेका छन्।

बिहीवार ह्वाइट हाउसले चिनियाँ सेनासँग सम्बन्ध भएको विश्वासमा चीनका थप चारवटा कम्पनीलाई कालोसूचीमा राखेको छ। कोरोनाभाइरस महामारी र हङ्‌कङमा चीनले लागु गरेको सुरक्षा कानुनबारे पनि दुई देशबीच तिक्तता बढेको छ।

ट्रम्पले कोरोनाभाइरसलाई “चिनियाँ भाइरस” भन्दै आएका छन्। शिन्जियाङमा अल्पसङ्ख्यक उइगर मुस्लिमहरूमाथि चीनले दमन गरेको भन्दै अमेरिकाले केही चिनियाँ राजनीतिज्ञमाथि प्रतिबन्ध समेत लगाएको छ।

ज्यानुअरीमा कार्यभार सम्हाल्न लागेका राष्ट्रपति(निर्वाचित जो बाइडनले चीनको सामना गर्न ट्रम्पकै नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ। तर अमेरिकी साझेदारहरूसँग मिलेर उनले त्यसो गर्ने बताइन्छ।

बीबीसीकी ह्वाइट हाउस संवाददाताका अनुसार चीनसँग व्यापार लगायतका मुद्दामा कडा नीति लिने कुरामा रिपब्लिकन र डेमोक्र्याटिक पार्टीबीच विरल सहमति छ।

चिनियाँ दूरसञ्चार प्रविधि बहिष्कार गर्ने मामिलामा वैश्विक समर्थन जुटाउन ट्रम्प प्रशासन सफल रहिआएको छ। यद्यपि उदीयमान चीनसँग जलवायु परिवर्तन लगायतका मुद्दामा बाइडनले सहकार्य गर्न खोज्ने देखिन्छ। बीबीसी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार