श्रावण २२, २०८३ शुक्रबार August 7, 2026

पर्यटक ठगी गरेको आरोपमा रामेछापका दुई जना व्यवसायी पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रामेछाप । उपभोग्य सामानमा धेरै मूल्य लिई पर्यटक ठगी गरेको आरोपमा प्रहरीले रामेछापका दुई जना व्यवसायीलाई पक्राउ गरेको छ । उनीहरु माथि कालोबजारी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी प्रमुख डिएसपी सन्तोष भट्टराईले जानकारी दिएका छन ।

सदरमुकामस्थित मन्थली बिमानस्थलको नजिकै व्यवसाय गर्दै आएका एभरेष्ट गेटवे मिनिमार्केटका सञ्चालक जयकृष्ण अधिकारी र ट्रेडर्स ट्रान्जिट क्याफेका सञ्चालक पासाङ ल्हामु शेर्पालाई प्रहरीले कालोबजारी गरेको आरोपमा पक्राउ गरेको हो ।

मंगलबार पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत रामेछापबाट म्याद थप गरी हिरासतमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी प्रमुख भट्टराईले बताएका छन ।

जिल्ला बजार अनुगमन समितिले केही दिन बजार अनुगमन गर्दा उनीहरुले उपभोक्ताहरुसँग अत्याधिक मुल्य लिई सामान बिक्री गरेको पाइएको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी पाण्डे केसीले जानकारी दिएकी छन ।

काठमाडौंबाट सोलुखुम्बुका लागि हुने सबै उडान अहिले मन्थली विमानस्थलबाट हुन थालेपछि यहाँ पर्यटकको संख्या बढेको छ । पर्यटकको चाप बढेको मौका छोपी सो क्षेत्रका होटल र पसलहरुले अत्याधिक मुल्य लिई सामान बिक्री गरेका छन् ।

व्यसायीहरुले २० देखि २५ रुपैयाँ पर्ने दूधचियाको एक सय रुपैयाँ, १५ रुपैयाँ पर्ने कालो चियाको ७५ रुपैयाँ लिने गरेका छन् । त्यस्तै मन्थली बजारमा १ सय ५० रुपैयाँ पर्ने सादा खानाको ४ सय ५० रुपैया लिने गरेका छन् । अन्य खानेकुराको मूल्य पनि अधिक लिने गरेको पाइएको छ ।

व्यवसायीहरुले २० देखि २५ रुपैयाँ पर्ने पानीको ८० रुपैयाँ, ३ सय रुपैयाँ पर्ने बिस्कुटको ६ सय रुपैयाँ लिएको पाइएको प्रशासन कार्यालयका नायव सुब्बा लक्ष्मण भुजेलले जानकारी दिएका छन । उनका अनुसार छोकडा, काजु, किसमिसलगायतका उपभोग्य सामानसमेत आफू खुसी प्याक गरी धेरै मूल्य लिएका छन् ।

विमानस्थल क्षेत्रमा खानेकुरा, फलफूल, मसला लगायतका खानेकुराहरुको अधिक मुल्य लिएर उपभोक्ताहरुलाई ठगी गरेको गुनासो आएपछि प्रशासनले अनुगमन गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वीरगञ्जमा इन्टरनेटका अव्यवस्थित तार हटाइने
२०८३ श्रावण २२, शुक्रबार
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफलः प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
२०८३ श्रावण २२, शुक्रबार
सरकार र डिल्ली हरिजनबीच पाँच बुँदे सहमति
२०८३ श्रावण २२, शुक्रबार
प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत
२०८३ श्रावण २२, शुक्रबार
रास्वपाले संसद्को हाजिरी विश्लेषण गर्ने
२०८३ श्रावण २२, शुक्रबार
आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउ आग्रह
२०८३ श्रावण २२, शुक्रबार
कर्णाली प्रदेशमा यो वर्ष विद्युत् प्रणाली विस्तार गरिन्छः मन्त्री श्रेष्ठ
२०८३ श्रावण २२, शुक्रबार