असोज १३, २०८३ मंगलबार September 29, 2026

बार्सिलोनाको घरेलु मैदानमा युभेन्टसको सानदार जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः इटालियन च्याम्पियन युभेन्टसले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह जीको अन्तिम खेलमा बार्सिलोनाको घरेलु मैदानमा ३-० को जित दर्ता गरेको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ तथा वेस्टन मकेनीले १ गोल गरे ।

खेलको १३ औं मिनेटमा फरवार्ड क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । रोनाल्डोलाई नै पेनाल्टी क्षेत्रभित्र रोनाल्ड अरौजोले लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

२० औं मिनेटमा युभेन्टसले अमेरिकी मिडफिल्डर वेस्टन मकेनीको गोलमा अग्रता दोब्बर पार्यो । जान क्वाडराडोको क्रसलाई मकेनीले सानदार भली प्रहार गर्दै गोलरक्षक टेर स्टेगनलाई बचाउने कुनै अवसर दिएनन् ।

२५ औं मिनेटमा एलेक्स सान्ड्रोको क्रसमा अल्भारो मोराटाको हेडरले पोस्टको दिशा लिन सकेन । ३० औं मिनेटमा मिरालेम प्यानिचको प्रहार बाहिरिंदा बार्सिलोनाले खेलमा फर्कन सकेन ।

क्याम्प नोउमा दोस्रो हाफको सुरुवातमै युभेन्टसले अर्को पेनाल्टी पायो । क्लेमेन्ट लेङलेटले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीलाई रोनाल्डोले ५२ औं मिनेटमा गोलमा परिणत गर्दै युभेन्टसलाई ३-० को अग्रता दिलाए ।

५८ औं मिनेटमा मेस्सीको फ्रिकिकमा एन्टोइन ग्रिजमनको हेडर क्रसबारमा लाग्दै बाहिरियो । त्यसको केहिबेरमै म्यथिस डी लिग्टले ग्रिजमनलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि पेनाल्टी दिएका थिए । तर भिएआरमा ग्रिजमन अफसाइड देखिएका थिए ।

७५ औं मिनेटमा युभेन्टसले अग्रता थप फराकिलो पारेपनि भिएआरमा उक्त गोलले मान्यता पाएन । लिओनार्डो बोनुचीले बललाई पोस्टभित्र छिराएपनि उनी रोनाल्डोको प्रहारअघि नै बलको पोजिसनभन्दा अघि पुगेका थिए ।

यस जितसँगै युभेन्टस अंक तालिकाको शीर्षस्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ । युभेन्ट्स र बार्सिलोना दुवैको ६ खेलमा १५ अंक भएपनि हेड टु हेडमा युभेन्टस अघि रहेको हो ।

यस समूहको तेस्रो स्थानमा भने डिनामो किएभ रहयो । किएभले घरेलु मैदानमा फेरेन्कभारोसलाई १-० ले पराजित गर्दै ४ अंक सहित तेस्रो स्थानमा रहयो । फेरेन्कभारोस १ अंक जोड्दै पुछारमा रहयो । हाम्रो खेलकुद

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग
२०८३ असोज १३, मंगलबार
इरानले आणविक विषयमा ठोस प्रस्ताव गरे ट्रम्प आर्थिक प्रतिबन्ध फुकुवा गर्न तयारः अमेरिकी अधिकारी
२०८३ असोज १३, मंगलबार
दीपक मनाङ्गे देउवा कांग्रेस प्रवेश, मनाङमा महाधिवेशन गर्ने जिम्मा
२०८३ असोज १३, मंगलबार
रुस-युक्रेन युद्ध अन्त्य गर्न पोप लियोको आग्रह
२०८३ असोज १३, मंगलबार
राष्ट्रपति पौडेलसमक्ष भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार
उपराष्ट्रपति यादवसँग भारतीय राजदूतको बिदाइ भेट
२०८३ असोज १३, मंगलबार