बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

घानामा निर्वाचनको क्रममा हिंसा, पाँचको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः घानामा भएको निर्वाचनका क्रममा हिंसात्मक घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । प्रहरी अधिकारीहरुले निर्वाचन भएको क्षेत्रमा कुल ६१ घटना भएको र केही घाइते समेत भएको जनाएका छन् । “देशभरी निर्वाचनसँग सम्वन्धीत ६१ ओटा घटना भएको विवरणहरु हामीलाई प्राप्त भएका छन्,” प्रहरी कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । निर्वाचन भएको दुई दिनपछि प्रहरीले निर्वाचनका क्रममा देशभरी भएको घटना विवरण सार्वजनिक गरेको हो ।

कुल घटना मध्ये छ ओटा घटनामा गोलीको प्रयोग भएको पनि प्रहरी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । कडा प्रतिश्पर्धा देखिएको राष्ट्रपतिय निर्वाचनको नतिजा पुष्टि हुनु अगाडि नै हिंसात्मक घटनाको विवरण सार्वजनिक गरिएको हो । निर्वाचन आयोगले देशका १६ क्षेत्र मध्ये सात क्षेत्रको मात्रै नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक भएको विवरण अनुसार विपक्षी तर्फका उम्मेदबार जोन महामा थोरै मतान्तरले अगाडि हुनुहुन्छ भने बर्तमान राष्ट्रपति नाना अकुफो अड्डो पछाडि पर्नु भएको छ ।

गत सोमबार भएको राष्ट्रपतिय तथा संसदीय निर्वाचन सामान्यतः शान्त, स्वतन्त्र र निश्पक्ष नै भएको मानिएको छ । तर पछिल्लो समयमा निर्वाचनको निश्पक्षता माथी प्रश्न उठाउन थालिएको छ । घानाको निर्वाचनका लागि बालिग मताधिकार सूचिमा एक करोड पचासलाख भन्दा बढी मतदाताहरुको नाम दर्ता भएको थियो । मुलुकभरका २९ हजार मतदान केन्द्रहरुमा बिहान ०७ः०० बजेदेखि नै मतदानको व्यवस्था गरिएको थियो ।

स्थानीय समयानुसार बेलुकी पाँच बजेसम्म मतदान गर्न पाइने व्यवस्था गरिएको थियो । पश्चिमी अफ्रिकी राष्ट्र घानामा राष्ट्रपति र सांसदहरुको कार्यकाल चार वर्ष हुने संविधानमा उल्लेख गरिएको छ । (रासस-एएफपी)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार