मंग्सिर १८, २०८२ बिहिबार December 4, 2025

नेपाललाई ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय स्तरको ‘फ्यूचर पोलिसी सिल्भर अवार्ड’ प्राप्त गरेको छ।

वल्र्ड फ्यूचर काउन्सिल र संयुक्त राष्ट्रसंघीय विकास नियोगसँगको सहकार्यमा नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्धन्द्ध व्यवस्थापन तथा युवा सहभागिता र अधिकारबारे हासिल गरेको सफलताको पहिचान गरी नेपाललाई सो अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो। सर्बियामा आयोजित वल्र्ड फ्यूचर काउन्सिलको १४१ औं सम्मेलनका क्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेपालले प्राप्त गरेको सो अवार्ड प्रदान गरिएको थियो।

सोही अवार्ड अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरे। कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विश्वस्तरको सो अवार्ड शान्ति, समावेशिता र विकास नीतिमा नेपालले लिएको सही बाटोको सम्मान भएको उल्लेख गर्दै सम्पूर्ण नेपाली जनतालाई बधाई दिएका छन। उनले नेपालको संविधानले शान्ति, समानता र विकासको क्षेत्रमा लिएको भविष्यसम्बन्धी सही नीतिको सम्मानको रुपमा आफूले सो अवार्डलाई लिएको पनि स्पष्ट पारेका छन।

प्रधानमन्त्री ओलीले नेपाली जनताले प्राप्त गरेको सफलताको सम्मानको रुपमा सो अवार्ड प्राप्त भएको उल्लेख गर्दै नेपाली जनताले शान्ति, समानता र विकासका लागि गरेका संघर्षको प्रतिफलको रुपमा सो अवार्ड हात पार्न सफल भएको पनि बताएका छन। नेपालको संविधानले द्धन्द्ध व्यवस्थापन, युवा सहभागिता र अधिकारबारे प्राप्त गरेको सफलताको सम्मान गर्दै नेपाललाई वल्र्ड फ्यूचर काउन्सिलले सो विश्व स्तरको अवार्ड प्रदान गरेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार